बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित
तनहुँ । भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् ।
'विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेको छ, विस्थापित परिवारसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने छौँ' उनी भन्छन्, 'तीस घरका एक सय ५० जना विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानका स्थानन्तरण गर्ने प्रयास जारी छ ।'
यसैबीच, बाढीपहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ । नगरपालिकाले खानेपानी आयोजनाको मर्मतसम्भारका लागि विनियोजन गरेको रु ५० लाख अपुग भएकाले विकास– निर्माणका निम्ति छुट्याइएको रकम गर्नुपरेको नगरप्रमुख सुवेदीले बताए । अधिकांश आयोजनाको मर्मतसम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका क्रममा रहेका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
-
ट्राफिकद्वारा ४ हजार सवारी कारबाहीमा झन्डै ३६ लाख राजश्व सङ्कलन
-
पाकिस्तानमा पुनः आत्मघाती हमला, १० सैनिकको मृत्यु
-
विस्तृत शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको मान्न सकिन्छ : प्रचण्ड
-
सुदूरपश्चिमको मलको कोटा सकियो, समस्यामा किसान
-
ओम्नी मोटर्सको मेगा सर्भिस क्याम्प २०२४ सुरु