मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजरायली सैनिकमाथि जिहादी समूहद्वारा मोर्टार प्रहार

बुधबार, ०५ मङ्सिर २०८१, ०१ : ५९
बुधबार, ०५ मङ्सिर २०८१

एजेन्सी । इजरायलले गरिरहेको लगातारका हवाई आक्रमणले लेबनान र गाजा क्षेत्र प्रभावित भइरहेका बेला प्यालेस्टीनी इस्लामिक जिहादी समूहले मोर्टार आक्रमण गरेको खबर छ । विद्रोही समूहले गरेको जिकिर अनुसार मध्य गाजाको जुहार अल दिकको दक्षिणी क्षेत्रमा इजरायली सैनिकमाथि मोर्टार आक्रमण गरिएको हो । यसअघि उक्त समूहले गाजास्थित जबालिया शरणार्थी शिविरमा इजरायली सेनामाथि आक्रमण गरेको थियो । 

उता, इजरायली सेनाले हेलिकोप्टर र ड्रोनमार्फत् गाजाको व्यरिज र नुसिरात शरणार्थी शिविरमा प्यालेस्टीनीहरुका घरमा गोलाबारी गरेको छ । जहाँ कंक्रिटका भग्नावशेषहरु पन्छाएर जीवित रहेकाहरुको खोजी भइरहेको युनिसेफले जनाएको छ ।  युनिसेफले भनेको छ कि, ‘दुई महिना पहिले आफ्नो उत्तरी छिमेकी केन्द्रित हवाई आक्रमणका दौरान लेबनानमा मात्रै २०० बालबालिका मारिएका छन् ।’

यस्तै, गाजामा लुटिएका सहायता ट्रकका चालक र आर्थिक सहायताको पखाईमा रहेका नागरिकहरुबारे व्यापक चिन्ता गरिएको छ । वेस्ट बैंक प्रमुखले ट्रक ड्राइभर र आर्थिक सहायताको आवश्यकता रहेकाहरुको लागि तत्काल पहल थालिनु पर्ने आवश्यकता औंल्याएका छन् । केही दिन अघि मात्रै प्यालेस्टीनी शरणार्थीहरुका लागि सहायता सामग्री बोकेर १६ नम्बर प्रवेश गरेका सय बढी ट्रक हिंस्रक गतिविधि गरेर लुटिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप