सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एकाधिकार दुरुपयोग गरेको आरोप : के गुगलले बेच्नु पर्ला क्रोम ब्राउजर ?

बुधबार, ०५ मङ्सिर २०८१, ०१ : १३
बुधबार, ०५ मङ्सिर २०८१

वासिङटन डीसी । अमेरिकी न्याय मन्त्रालय (डीओजे)ले गुगलको व्यापार नीतिहरूमा ठूलो परिवर्तन ल्याउन कदम चालेको छ । मन्त्रालयले न्यायाधीशसँग गुगललाई आफ्नो लोकप्रिय ब्राउजर क्रोम इन्टरनेट बेच्न बाध्य पार्न आग्रह गरेको छ ।

खोज बजारमा गुगलले अवैध रूपमा एकाधिकार स्थापना गरेको अगस्टमा मन्त्रालयको निर्णयपछि यस्तो आग्रह गरिएको हो । मन्त्रालयको मागमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र गुगलको एन्ड्रोइड स्मार्टफोन अपरेटिङ सिस्टम पनि समावेश छ ।
 
गुगलको दबदबा र यसको असर

गुगल लामो समयदेखि इन्टरनेटसम्म पहुँच बनाउने मुख्य माध्यम हो । गुगलको क्रोम ब्राउजरले विश्वव्यापी ब्राउजर बजारको लगभग दुई तिहाई आफ्नो पोल्टामा राखेको छ । यो गुगलको खोज इन्जिनसँग जोडिएको छ । जुन गुगलको विज्ञापनको आधार हो । क्रोम मार्फत प्रयोगकर्ताहरूलाई गूगल सर्चमा जान्छन् । यसरी कम्पनीले प्रयोगकर्ताका डेटा पाउँछ । यी डेटाले कम्पनीलाई लक्षित विज्ञापनहरूमा मद्दत गर्दछ । इन्टरनेट र विज्ञापन दुवैमाथिको यो नियन्त्रणले टेक उद्योगमा प्रतिस्पर्धाको चिन्ता बढाएको छ ।

मन्त्रालयको तर्क र गूगलको बचाव
मन्त्रालयले यस प्रभुत्वलाई एकाधिकार विरोधी कानूनको उल्लङ्घन मान्दछ र यसलाई प्रतिस्पर्धा र उपभोक्ताहरूको लागि हानिकारक पनि भनेको छ । उता, गुगलले चाँहि मन्त्रालयको यो मागलाई ‘कट्टरपन्थी एजेन्डा’को एक हिस्सा भनेको छ । यसले कानुनी मुद्दाहरू भन्दा बाहिर थप कारबाहीको माग गरिरहेको पनि उसको तर्क छ । 

सरकारको यस दृष्टिकोणले उपभोक्ताहरूलाई हानि पु‍र्याउने र उनीहरूको छनौट सीमित गर्ने । गुगलका उपाध्यक्ष ली–एन मुलहल्यान्डले भनेका छन् ।-एजेन्सीको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप