१२ बजे, १२ समाचार : मन्त्रिपरिषद् बैठक रोकेर कांग्रेस-एमाले शीर्ष नेताबिच छलफलदेखि प्रसाईंको गिरफ्तारीसम्म
वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. मन्त्रिपरिषद् बैठक रोकेर कांग्रेस-एमाले शीर्ष नेताबिच छलफल
मन्त्रिपरिषद बैठक रोकेर कांग्रेस एमालेका शीर्ष नेताबिच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत सहभागी भए ।
२.माओवादी बैठक
नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टा–छुट्टै कार्यदल गठन गरेको हो ।
३. प्रावधान मिचेर समिति गठन
सरकारले विद्युत् नियमन आयोग ऐन, २०७४ को प्रावधान मिचेर डेडिकेटेड तथा ट्रंक लाइनमा चलिरहेको विवाद समाधान गर्न नयाँ समिति गठन गरेको पाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पछिल्लो पटक विद्युत् महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी प्रतिवेदन पेस गर्न गठन गरेको समिति ऐनको दफा १८ को प्रावधान विपरीत देखिन्छ ।
४. शान्तिसम्झौताका १८ वर्ष
दश वर्षे माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन आजभन्दा १८ वर्षअघि (२०६३ मंसिर ५ गते) विस्तृत शान्ति सम्झौता भएको थियो । तत्कालीन सात दल र विद्रोही माओवादी पक्षबिच २०६२ मंसिर ७ गते १२ बुँदे सहमतित्रमा हस्ताक्षर भएसँगै देशमा एउटा राजनीतिक माहौल आयो र जनता जागेर राजाको प्रत्यक्ष शासनलाई परास्त गरेपछि विस्तृत सम्झौता भएको थियो ।
त्कालीन सात दलका तर्फबाट नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षरमा भएको शान्ति सम्झौताकै जगमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यद्यपि आजसम्म शान्ति प्रक्रिया टुंगोमा पुग्न सकेको छैन ।
५. राष्ट्र बैंकको रिपोर्ट
नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४।८२ प्रतिशत रहेको छ । यस्तै आयात ४।२ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले घटेको छ ।
६ . स्थानीय तह उपनिर्वाचन विशेष
मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि दलहरुले आइतबार आफ्नो मनोनयन दर्ता गराए । उपनिर्वाचनमा प्रमुख दलको अवस्था के छ भन्नेबारे अघिल्लो मतपरिणामको आधारमा रातोपाटीले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको अवस्थाबारे विश्लेषण गरेको छ ।
७. एनआरएनए बैठक
गैरआवासीय नेपाली संघ ९एनआरएनए०को विवाद मिलाउन सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिको पहिलो बैठक मंगलबार बसेको छ ।
बालुवाटारस्थित कार्यालयमा तय भएपनि संघकै बद्री केसी पक्षले कार्यालय बन्द गरिदिएपछि बालुवाटारकै नेपाल हाउसमा बसेको बैठकले आगामी मे (जेठ) महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय भएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए ।
८. सेयर बजार
मंगलबार सेयर बजार परिसूचक ९नेप्से० मा भारी अंकको गिरावट देखिएको छ । समग्रमा बजार ५१ अंकले घट्दा नेप्से परिसूचक २७०२ बिन्दुमा ओर्लिएको छ । मंगलबार सुरुवातदेखि बजार निरन्तर ओरालो लाग्यो ।
९. प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।
१०.जग्गा विवाद
नेकपा एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । मंगलबार रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएकोमा हेर्न नभ्याउने भएको हो ।
११. लिलाबल्लभलाई म्याद थप
काठमाडौँ जिल्ला अदालतले जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
२. एनपिएल लिग
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने ‘सुदूरपश्चिम रोयल्स’ क्लब र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)बिच ‘एजुकेसन पार्टनर’का लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । एसपिएले नेपाल क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणाअनुसार धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता