रास्वपाले भन्यो- आन्तरिक छलफललाई थप व्यवस्थित बनाउँदैछौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्कटको समयमा पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको छ ।
रास्वपाको केन्द्रीय कार्यालयमा आज साँझ आकस्मिक केन्द्रीय समितिको बैठक बसेको थियो । पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा खास निष्कर्षमा पुग्न नसकेको र बैठक पुनः भोलि दिउँसो ३ बजेका लागि निर्धारण गरिएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बसेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । “सङ्कटको समयमा संवादहीनताले पनि थप सङ्कट निम्ताउन सक्छ । त्यसैले विशेषतः यसबेला भेटघाट बढाउनका लागि बैठक बसेका हौँ”, कार्यवाहक प्रवक्ता झाले भने ।
बैठक यही मङ्सिर ८ गतेदेखि पार्टीको दोस्रो चरणको कार्यक्रमका विषयमा आन्दोलन मूल समितिले तयार गरेको ‘मोडालिटी’ प्रस्ताव प्रस्तुत गरेको थियो । उक्त विषयमा पार्टीका केन्द्रीय सदस्यहरूको बोल्ने पालो सकिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य ?
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा
-
आज चैती छठ पर्वको व्रत र सझियाघाट
-
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो