विराटनगर किंग्सले सार्वजनिक गर्यो जर्सी र एन्थम

विराटनगर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।
मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा एक भब्य समारोहकाबिच कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मार्की खेलाडी सन्दिप लामिछाने, टिम मालिक पारस लुनिया लगायतको उपस्थितिमा उक्त जर्सी सार्वजनिक गरिएको हो ।
जर्सिको कलर पहेँलो र निलो रहेको छ । जर्सीसँगै कार्यक्रममा टिमको ऐन्थम गित समेत सार्वजनिक गरेको छ । भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बासिडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गित र्याप फर्म्याटमा रहेको छ । यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । गायिका रिमाल क्रिकेटको समर्थक हुन् ।
कार्यक्रममा भर्खरै नेपाली अन्डर १९ महिला क्रिकेट टिमलाई विश्वकप यात्रा दिलाउन सफल कोच महेश प्रसाद रिजाल र खेलाडी रिया शर्मालाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेका क्रिकेट संघहरुलाई क्रिकेट किट समेत प्रदान गरिएको थियो । ग्रासरुटका खेलाडीहरुको क्रिकेट विकासको लागि उक्त किट हस्तान्तरण गरिएको टिमका मालिक पारस लुनियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !