धार्केको धर्मकाटा डिजिटल प्रविधिमा रूपान्तरण
काठमाडौँ । धादिङको धार्केस्थित धर्मकाटालाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको छ । देशको राजधानी काठमाडौँ भित्रिने ट्रक तथा कन्टेनरको भार मापन गर्ने उक्त धर्मकाटालाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको हो ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिबेँसी नगरपालिकाका मेयर बाल कृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा एक कार्यक्रमका बिच धार्केको धर्मकाटाको डिजिटलाइजेसनको औपचारिक शुभारम्भ गरे ।
शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । साथै, यस कदमले व्यवसायीलाई समेत जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने बताए ।
योसँगै ट्रकहरुको ओभरलोडिङ नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघले जनाएको छ । योसँगै उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले बताए ।
अहिले देशभर २१ वटा धर्मकाटा सञ्चालनमा छन् । योसँगै बाँकी २० वटा धर्मकाटालाई डिजिटल बनाउने आधार बनेको महासंघले जनाएको छ । हाल देशभर महासंघका अनुसार ती सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ । डिजिटलाइजेशनपछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ ।
धर्मकाटाको डिजिटलाइजेशनले सडक संरचनाको दीर्घकालीन संरक्षणमा मद्दत पुर्याउने र ओभरलोडका कारण हुने दुर्घटना तथा सडक बिग्रिने समस्या कम गर्ने अपेक्षा महासंघको छ । महासंघले डिजिटल धर्मकाटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ ।
दुर्घटना न्यूनीकरणदेखि नियमनकारी निकायहरू ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र व्यवसायीहरूलाई समेत आफ्नो सवारी साधनले के कति भारवहन गरेको छ भन्ने विषयमा जानकारी हुने महासचिव बानियाँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति