सत्यमान लामा डिल्लीबजार कारागार चलान
मङ्गलबार, ०४ मङ्सिर २०८१, १९ : ०३
काठमाडौँ । गुण्डागर्दीमा संलग्न सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् । बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका लामालाई काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनलाई डिल्लीबजार कारागारमा पठाइएको छ ।
काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई प्रहरी वृत्त मालिगाउँको टोलीले मंसिर २ मा पक्राउ गरेको थियो । राम कुमार तिवारीको जाहेरीले बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस प्लानेट’मा भाग लिन कम्बोडिया पुगिन् अनिसा
-
सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर
-
रहेनन् अभिनेत्री मुनमुन सेनका पति भरत देव
-
ऊर्जामन्त्री खड्काले मिचे विद्युत् नियमन आयोग ऐन, आयोगको जिम्मेवारी खोसेर बनाए समिति
-
माओवादी केन्द्रले बनायो दुईवटा कार्यदल, विधानमाथि छलफल गर्न तीन दिनकाे समय
-
अवैध चुनढुङ्गा उत्खनन गरेको भन्दै अर्घाखाँची सिमेन्टविरुद्ध मुद्दा, अध्यक्ष मुरारका ४ लाख धरौटीमा रिहा