औडी र एमजी मोटर्सको प्यारेण्ट कम्पनी एसएआईसी मोटरको सहकार्य, नयाँ लोगोमा विद्युतीय कार उत्पादन गर्दै

काठमाडौँ । औडी र एसएआईसी मोटरले विद्युतीय कार उत्पादनमा सहकार्य गर्ने भएका छन् । औडीले चिनियाँ बजारमा विद्युतीय कार उत्पादन गर्न त्यहाँको प्रख्यात मोटर उत्पादक एसएआईसीसँग सहकार्यको हात अगाडि बढाएको हो । एसएआईसी मोटरसँगको सहकार्यमा औडीले पहिलो विद्युतीय कार औडी–ई सार्वजनिक गर्नेछ । त्यस्तै आगामी तीन वर्षभित्र विद्युतीय कारका तीन वटा मोडल सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।
आसएआईसीसँगको सहकार्यमा तयार हुने औडी–ईमा यसको पहिचालन बनेको चार रिङ भएको लोगो हुनेछैन । नयाँ कारमा पहिले रिङको लोगो राखिने ठाउँमै औडी लेखिने छ । विद्युतीय कारको पहिलो मोडल सन् २०२५ को गर्मीयाममा चिनियाँ बजारमा उपलब्ध हुनेछ ।
यस्तो हुनेछ औडी–ई
औडी–ई प्रिमियम विशेषताले सुसज्जित हुने कम्पनीले जनाएको छ । वागन स्टाइलको डिजाइन दिइएको कारमा हिडन डोर ह्यान्डल हुनेछन् । कारको हुडको हल्का मुनि हेडलाइन हुनेछ । पछाडीको लाइट पनि सोही उचाइमा हुने कम्पनीले जनाएको छ । औडी लेखिएको लोगो १२० मिटर परैबाट देखिने छ ।
यसको ऐनलाई भित्र डिजिटल डिस्प्लेसँग जडान गरिएको छ । यसको भित्री भागमा काठजस्तै देखिने सामग्रीको ड्यासबोर्ड दिइएको छ । यसमा एआईको प्रयोगलाई विशेष ध्यान दिइएको छ । यसले फेस रिकग्निसन समेत गर्नेछ । भ्वाइस एसिस्टेन्टले गाडी चालकलाई विशेष सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यसमा २९५० एमएमको ह्विल बेस दिइने छ । १०० किलोवाटको लिथियम ब्याट्री हुने गाडीले ७०० किलोमिटर रेन्ज दिने औडीले दाबी गरेको छ । यसमा फ्रन्ट र रियर गरेर दुई मोटर हुनेछन् । जसको सहायतामा गाडीले ३.६ सेकेन्डमै १०० किलोमिटरको रेन्ज लिन सक्नेछ । यसमा फ्रन्ट ह्विल स्टेरिङ, एयर सस्पेन्सनजस्ता विशेषता पनि दिइने छ ।
औडी–ईको डिजाइन सार्वजनिक गर्दै कम्पनीका ग्लोबल सीईओ गेरनट डिल्नरले आगामी साताबाटै यसको उत्पादन सुरु हुने बताएका छन् । उनले ओडीका एसयूभी र सेडान विद्युतीय गाडी पनि उत्पादन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?