ज्याला तथा तलब सूचकांकको आधारवर्ष फेरियो, मासिक गणना बन्द

काठमाडौँ । तलब तथा ज्याला सूचकांक निर्माणको आधारवर्ष परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०६१/६२ लाई आधार मान्दै आएको आधारवर्ष अद्यावधिक गरी आव २०८०/८१ कायम गरेकाे हाे ।
नयाँ आधार वर्षसँगै यो सूचकांकको मासिक गणना बन्द भएको छ । नेपाल राष्ट्र बैंकले यस्तो सूचकांकमा लागि आधारवर्ष परिवर्तन गर्दै मासिक रूपमा हुँदै आएको गणनालाई त्रैमासिक बनाएको हो । कुनै पनि संस्थामा मासिक रूपमा तलब तथा ज्याला परिवर्तन नहुने भएकोले यसलाई त्रैमासिक बनाइएको राष्ट्र बैंकले जनाएको छ ।
यो सूचक निर्माणका लागि राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जनशक्ति सर्वेक्षणलाई आधार बनाइएको छ । यसका लागि मोडिफाइड लास्प्रेयर्स विधि अपनाइएको राष्ट्र बैंकले जनाएको छ ।
यो सूचक निर्माणको पहिलो चरमा प्रत्येक पेसाको तल्लो तहको सूचकांक निर्माण गरिएको छ । दोस्रो चरणमा उक्त सूचकांकलाई भारांकले गुणन गरी माथिल्लो तहमा प्रादेशिक, औद्योगिक, पेसागत र राष्ट्रिय सूचकांकको निर्माण गरिने उल्लेख गरिएको छ ।
सूचकांक निर्माणका लागि ३० वटा बजार केन्द्र, सबै औद्योगिक क्षेत्र र पेसासहित १०२५ वटा संस्था र ५२९६ वटा पदको तथ्यांक संकलन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यसअघि ११ वटा बजार केन्द्रबाट तलबको हकमा निजामती सेवा, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, सेना तथा प्रहरी, शैक्षिक संस्था र निजी संस्था गरी ६ प्रकार र ज्यालादरको हकमा तीन प्रकारका औद्योगिक वर्गको ज्यालादर कृषि, उत्पादन र निर्माण क्षेत्र गरी नौ वटा समूहअन्तर्गत तथ्याङ्क सङ्कलन गर्ने गरिन्थ्यो ।
नयाँ आधार वर्षमा आधारित सूचकाङ्कबाट तथ्याङ्क प्रयोगकर्तालाई थप सहज हुनुका साथै अन्य मुलुकसँग अन्तर्राष्ट्रियस्तरमा समेत तुलना गर्न सजिलो हुन्छ । नयाँ सूचकाङ्क थप बृहत्, विश्वसनीय, प्रयोगकर्तामैत्री रहने र आय तथा उत्पादनको लागतसम्बन्धी निर्णय लिन सहयोगी हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा