शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट छान्यो पाँच खेलाडी

मङ्गलबार, ०४ मङ्सिर २०८१, १५ : १९
मङ्गलबार, ०४ मङ्सिर २०८१

काठमाडौँ । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँचजना उदयीमान खेलाडी छनोट गरेको छ । कर्णाली याक्सले सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजना गरिएको छनोट प्रतियोगिताबाट पाँच खेलाडी चयन गरेको हो ।

कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट मनिष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छनोट गरेको हो । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली यास्कको प्रतिनिधित्व गर्न पाउने छन् ।

निकट भविष्यमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने कर्णाली याक्सले जनाएको छ । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन् । कर्णाली याक्सले गत साता चर्चित भारतीय खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो ।

यसैगरी, वेष्ट इन्डिजका चाडविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङ्कङका बाबर हायतले पनि कर्णाली याक्सबाट आगामी एनपीएल खेल्ने पक्का भइसकेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनाल र नन्दन यादव पनि छन् । अन्य खेलाडीमा अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल र भुवन कार्की रहेका छन् । दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे पनि टोलीमा छन् ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई एनपीएलका लागि आफ्नो ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको थियो । टोलीको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

KY

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप