सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा राजनीतिक दलहरू उदासीन भएको आरोप लगाएका छन् ।
त्रिभुवन विश्वविद्यालय द्वन्द्व र विकास विभागले मंगलबार कमलादीमा आयोजना गरेको शान्ति प्रक्रिया: विगत र वर्तमानसम्बन्धी अन्तर्क्रियामा शर्माले उक्त आरोप लगाएका हुन् ।
‘संविधान र सङ्घीयता कार्यान्वयनका लागि राजनीतिक दलहरू नै उदासीन देखिएका छन् । आवश्यक कानुन बनिराखेको छैनन् । बनेका कानुन पनि कार्यान्वयन हुन सकेको छैन । जो प्रधानमन्त्री भए पनि सङ्घीय प्रहरी कानुन लागु भएको छैन । शिक्षा ऐन, सङ्घीय निजामती ऐन बन्न सकेको छैन’, उनले भने ।
यस्तै तत्कालीन कांग्रेस सरकारको पालामा रुकुम र रोल्पामा ठुलो दमन भएकोले आफू जनयुद्धमा सहभागी भएको शर्माले बताए ।
त्यतिबेला रुकुम र रोल्पामा कांग्रेस नेतृत्वको सरकारले ठुलो दमन गर्यो । अहिले कसैमाथि मैले आरोप लगाउन खोजेको होइन । हामीले हजारौँ मुद्दा खेप्नुपर्यो’, उनले भने, ‘त्यसको प्रतिरोध गर्नुको विकल्प रहेन । राजतन्त्रको विरुद्ध हाम्रो लडाइँ मुख्य थियो । जनयुद्धको तथ्य लेखिएकै छैन । बाहिरबाट अनुमानको भरमा आफ्नै हिसाबले लेखिएका छन् । जनयुद्धका तथ्य बाहिर ल्याउन विभागले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध