सवा २२ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एकै महिना ८० अर्ब बढ्यो

काठमाडौँ । देशमा भएको विदेशी विनिमय सञ्चिति सवा २२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म यस्तो सञ्चिति २२ खर्ब ३२ अर्ब पुगेको हो । भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो । यस अनुसार एक महिनामा मात्रै यस्तो सञ्चिति ८० अर्ब रुपैयाँले बढेको छ ।
यसमध्ये राष्ट्र बैंकसँगको सञ्चिति १९ खर्ब ८८ अर्ब रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४४ बराबरको सञ्चिति कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिनासम्म १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको थियो ।
यो अवधिमा चालु खाता १ खर्ब ११ अर्ब र शोधनान्तर स्थिति १ खर्ब ८५ अर्बले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिनासम्म चालु खाता ४९ अर्ब ६९ र शोधनान्तर अवस्था १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप