विशाल माओरी प्रदर्शनमा सहभागी हुन वेलिङ्टनमा हजारौं ओइरिए
वेलिङ्टन । न्यूजिल्यान्डको राजधानी वेलिङटनमा मंगलबार हजारौंले प्रदर्शन गरिरहेका छन् । संसद भवनबाहिर बेलायत र माओरी समुदायबीच भएको एउटा सम्झौताको पुनःव्याख्या गर्न प्रस्तावित विधेयकको विरोधमा नौं दिनदेखि हिकोई अर्थात् शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेको छ ।
मंगलबार यो विरोध प्रदर्शनको अन्तिम दिन हो । संसद भवनभित्र विधेयकबारे छलफल चलिरहँदा बाहिर भने चर्को विरोध प्रदर्शन भइरहेको थियो । प्रदर्शनमा भाग लिन हजारौं मानिस मुहारमा माओरी झन्डाको रंग पोतेर कयौं सहभागीहरू वेलिङटनमा आइरहेका छन् ।
यो हिकोई न्यूजिल्यान्डको इतिहासको सबैभन्दा ठूलो प्रदर्शन बनेको छ । यो प्रदर्शनमा विधेयकको विरोध गर्ने अभियन्ता र समर्थकहरू पनि आएका छन् ।
सन् १८४० मा भएको सम्झौताको सिद्धान्तको पुनः व्याख्या र कानूनी रुपमा परिभाषा न्यूजिल्यान्डले नगर्नु पर्ने तर्क समर्थकहरूको छ । हालै मात्र संसद भवनमा माओरी सांसदले गरेको विरोध प्रदर्शनको भिडियो भाइरल बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन