राष्ट्र बैंकको रिपोर्ट
३ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स
मङ्गलबार, ०४ मङ्सिर २०८१, १४ : ०९

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ ।
तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७० हजारभन्दा बढी युवा बिदेसिएका छन् । तथ्याङ्क अनुसार असोजसम्म संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख १० हजार ६५४ छ ।
त्यस्तै ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा