शोमा फेरि आउने कपिलको अफरमा सिद्धूले राखे सर्त
नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्मा कुनै समय रियालिटी शोमा प्रतियोगी थिए । पूर्व भारतीय क्रिकेटर नवजोत सिंह सिद्धू उक्त शोमा जज थिए ।
यी दुईबिच कमेडी शोमा लामो समयदेखिको सहकार्य छ । सन् २००७ देखि दुवैले एक अर्कालाई चिनेका हुन् । लामो समयसम्म कपिल शर्मा शोको हिस्सा रहेका सिद्धूले अचानक सन् २०१९ मा शोलाई छाड्नु पर्यो । उनले एक्कासि यस्तो किन गरे भन्नेबारे अनेकौँ कारण बताइएको थियो । तर, ५ वर्षपछि आफ्नो मौनता तोड्दै पूर्व क्रिकेटरले यस विषयमा बोलेका छन् ।
हालै सिद्धू आफ्नी श्रीमतीसँग नेटफ्लिक्सको ‘द ग्रेट इन्डिया कपिल शो’ मा देखा परेका थिए । यस क्रममा क्रिकेटर हरभजन सिंह र उनकी श्रीमती उनीहरूको साथमा आएका थिए । शोमा कपिलले सिद्धसँग शोमा फर्किने कुरा गरेका थिए । तर यसका लागि उनले सर्त राखेका थिए । सिद्धू ठट्टा गरिरहने बानीका लागि बढी परिचित छन् । म्याचको कमेन्टरी होस् वा कपिलको शोमा सिद्धूको हाँसो र चुट्किला मुख्य आकर्षण हुन्थ्यो । हालै उनी शोमा पुग्दा कपिलले उनलाई फिर्ता आउन भनेका थिए ।
कपिलले सिद्धूप्रति आफ्नो माया देखाउँदा उनले शोमा आफूले बिताएका आफ्ना पुराना दिनहरू सम्झिएर र उक्त शोलाई फूलको गुच्छासँग तुलना गरेका थिए । शोलाई उनले अद्भुत बासना भएको फुलको गुच्चा भन्दै हरेक फूलको अनौठा सुवास भएको भनेर भनेका थिए । ‘मर्नुअघि म यी सबै फूलहरू अर्चनासँग फेरि हेर्न चाहन्छु,’ यसको जवाफमा कपिल भन्छन्, ‘हाम्रो फूलदानी बाहेक सबै फूलहरू यहीँ छन् । तपाईं हाम्रो फूलदानी हुनुहुन्छ । तपाईँ अर्काे सिजनमा फिर्ता आउनु पर्छ ।’ त्यसपछि कपिलले पनि दर्शकतर्फ हेर्दै सोध्छन्, ‘तिमीहरू शोमा सिद्धू पाजीलाई हेर्न चाहन्छौ ?’ यसपछि सिद्धले आफ्नो सर्त राख्छन् । ‘म त्यतिबेला मात्रै फर्किनेछु जब अर्चना पनि शोको हिस्सा बनिरहन्छिन् । जब उनी मेरो साइडमा बस्छिन् तब मात्रै म आउँनेछु,’ भन्ने उनको जवाफ हुन्छ ।
राजनीतिक कारणले छोडेका थिए शो
‘द ग्रेन टक शो’को युट्युब च्यानलमा हालैको एक अन्तरवार्तामा सिद्धूलाई कपिलको शो छोड्नुको कारण सोधिएको थियो । यसको उत्तरमा उनले राजनीतिक कारण बताएका थिए । ‘यस्ता त्यहाँ राजनीतिक कारणहरू थिए जसबारे म कुरा गर्न चाहन्न । यस बाहेक अरु पनि कारणहरू थिए... अनि फूलदानी टुक्रियो । त्यो फूलदानी पहिलेको जस्तै गरी एकत्रित होस् भन्ने मेरो कामना छ,’ सिद्धूले भनेका थिए । उक्त अन्तर्वार्तामा उनले कपिललाई ‘जिनियस’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वोच्चले लगायो रोक, जीवनरामलाई धक्का
-
समितिमा विधेयक होल्ड भएकाले समयसीमा तोक्न नियमावली संशोधन गर्ने तयारी
-
रवि लामिछानेसँग ३ घण्टा बयान, शुक्रबार पनि हुने
-
शुक्रबार र शनिबार वर्षासहित हिमपात हुने
-
सर्वोच्च अदालतमा कति छन् पुराना मुद्दा ?
-
मास्टरसेफ साहको पहलमा बोल्न र सुन्न नसक्नेलाई निःशुल्क हस्पिटालिटी तालिम