‘पाकिस्तानको गौरव हाम्रो पहिलो प्राथमिकता हो, हाइब्रिड मोडल स्वीकार्य छैन’
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले आईसीसी च्याम्पियन्स ट्रफीको आगामी संस्करण कुनै पनि हालतमा ‘हाइब्रिड मोडल’ मा आयोजना नहुने दाबी गरेका छन् । उनले च्याम्पियन्स ट्रफी पाकिस्तानमै आयोजना हुने पनि बताएका छन् ।
च्याम्पियन्स ट्रफीको आगामी संस्करणका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नपठाउने भएपछि विवाद उत्पन्न भएको छ । बीसीसीआईले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएको हो ।
त्यसैले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा च्याम्पियन्स ट्रफी विवाद उत्सर्गमा छ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ ।
यो विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पनि दबाबमा परेको छ । भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नआए भविष्यमा पाकिस्तानले भारतसँग कुनै पनि प्रतियोगिता नखेल्ने धम्की पनि आईसीसीलाई दिएको छ ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले पीसीबीको समर्थन गरेको छ । ईसीबीले पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि उच्चस्तरको तयारी गरेको जनाएको छ । च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान सुरक्षित गन्तब्य रहेको पनि ईसीबीले जनाएको छ ।
पीसीबी अध्यक्ष नकवीले यदि भारतलाई पाकिस्तान भ्रमणमा कुनै समस्या भए आफूहरुसँग कुराकानी गर्न सल्लाह पनि दिएको छ । ‘सधैं बहाना बनाएर मात्र हुँदैन । यदि बीसीसीआईलाई कुनै समस्या भए पीसीबीसँग छलफल गर्दा हुन्छ । त्यसपछि हामी उचित समाधानको खोजि गरौँला,’ उनले भनेका छन् ।
पीसीबी अध्यक्ष नकवीले हरेक देशको आफ्नो गौरव र इज्जत हुने पनि बताएका छन् । ‘पाकिस्तानको गौरव र इज्जत हाम्रो पहिलो प्राथमिकता हो । यसअघि नै घोषणा भइसकेकाले च्याम्पियन्स ट्रफी अब पाकिस्तानमै आयोजना हुन्छ । हामीलाई हाइब्रिड मोडल स्वीकार्य छैन,’ पीसीबीद्वारा जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष नकवीले भनेका छन् ।
उनले यो विवादलाई आईसीसीले तत्काल समाधान गर्नु पर्ने धारणा पनि ब्यक्त गरेका छौँ । ‘हामी हाइब्रिड मोडलमा जान तयार छैनौँ । त्यसैले आईसीसीले छिटोभन्दा छिटो च्याम्पियन्स ट्रफीको तालिकामा सार्वजनिक गर्नु पर्छ,’ उनले भनेका छन् ।
पीसीबी अध्यक्ष नकवीले आईसीसीले आफ्नो विश्वसनियता जोगाउन पनि प्रतियोगिता पाकिस्तानमै गर्नु पर्ने धारणा ब्यक्त गरेका छन् । ‘आईसीसी भनेको हामी सबैको साझा संस्था हो । यो यथार्थलाई आसीसीले भुल्नु हुँदैन । भारतवाहेक विश्वका सबै राष्ट्र पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्न तयार छन् । यो यथार्थलाई पनि आईसीसीले भुल्नु हुँदन,’ उनले भने ।
अध्यक्ष नकवीले खेल र राजनीति फरक विषय भएकाले यसलाई कुनै पनि हालतमा एक–अर्कासँग जोड्न नहुने धारणा पनि ब्यक्त गरेका छन् । यसअघि सन् २०२३ को एसिया कप पनि पाकिस्तानमै आयोजना भएको थियो ।
तर, एसिया कप खेल्न भारतीय टोली पाकिस्तान नजाने भएपछि प्रतियोगिता हाइब्रिड मोडलमा आयोजना गरिएको थियो । भारतले एसिया कपको आफ्नो खेल श्रीलंकामा खेलेको थियो । अहिले च्याम्पियन्स ट्रफीमा फेरि त्यही विवाद दोहोरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही