अपराध
प्रसाईँलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको हो: सीआइबी
मङ्गलबार, ०४ मङ्सिर २०८१, १२ : ४७

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ ।
सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको रातोपाटीलाई बताए ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना