‘अग्निदहन’ अभिनयबारे प्रमिला : सम्झदै मन भारी भएर आउँछ
काठमाडौँ । फिल्म र रंगमञ्च छाइरहने कलाकार हुन् प्रमिला तुलाचन । बिसं २०५० सालदेखि अभिनयमा सक्रिय उनले दर्जनौँ नाटक र त्यतिकै हाराहारीको फिल्म अभिनय गरिसकेकी छन् ।
धेरै जसो फिल्ममा चरित्र अभिनेत्रीको रूपमा काम गर्दै आएकी उनी अहिले भने शीर्ष भूमिकामा देखिएकी छन् । उनको शीर्ष भुमिका रहेको फिल्म ‘अग्निदहन’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । यसमा उनी बोक्सीको आरोप लागेकी महिला ‘माइली दमिनी’को भूमिकामा देखिने छिन् ।
फिल्मको अभिनय आफ्नो लागि चुनौतीपूर्ण रहेको उनी बताउँछिन् । फिल्म अभिन सम्झँदा अहिले पनि मन भारी भएर आउने उनको भनाई छ । ‘फिल्म सत्यघटनामा आधारित हो र पात्र पनि सत्य हो’, उनले रातोपाटीसँग भनिन् ‘यथार्थ अभिनय निकै कठिन हुन्छ ।’
फिल्मको चरित्र बुझ्न सुकुम्बासी बस्ती केही समेत बसेर अध्ययन समेत गरेको उनले सुनाइन् ।
‘समाजमा गरिब, एकल र असहाय महिलाप्रति गरिने व्यवहार र लगाइने लाञ्छना मध्यको एक बोक्सीको आरोप पनि हो’, उनले थपिन् ‘मलमूत्र खुवाएर कुटपिट गरेको दृश्यमा निकै गाह्रो भयो ।’ अभिनयमा आफूलाई गाह्रो भएको दृश्य रियलमा भोग्नेले कसरी भोगेको होला । आफूले कल्पना पनि गर्न नसक्ने उनी सुनाउँछिन् । त्यसैले सुटिङ सकिएको धेरै दिनसम्म पनि फिल्मको ह्याङओभर रहिरहेको उनको भनाई छ ।
प्रमिला ‘माइली दमिनी’को पात्र निभाइरहँदा धेरैपटक भावुक पनि बनेकी रहिछन् । ‘सबैभन्दा भावुक ‘माइली दमिनी’को घर जलाउँदा र मलमूत्र खुवाउँदा भएकी थिएँ,’ उनी सम्झन्छिन् । ‘जसको समाजबाट कुनै आडभरोसा हुँदैन, उसलाई बोक्सीको आरोप लगाइन्छ’, उनी थप्छिन् ‘अग्निदहन’ले बोक्सी कुप्रथालाई हटाउन मद्दत गर्नेछ ।’
फिल्म घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको फिल्ममा प्रमिला सहित प्रकाश घिमिरे, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
-
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
-
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा
-
लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा