पाकिस्तानमा आतङ्कवादी आक्रमण, १७ जनाको मृत्यु
मङ्गलबार, ०४ मङ्सिर २०८१, १२ : २०

इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार राति आतङ्कवाद विरोधी कारबाहीका क्रममा भएको गोलीबारीमा कम्तीमा नौ आतङ्ककारी र आठ सुरक्षाकर्मीको मृत्यु भएको छ । स्रोतका अनुसार यो कारबाही खैबर जिल्लाको तिराह मैदान उपत्यकामा लस्कर–ए–इस्लाम आतङ्कवादी सङ्गठनको महत्त्वपूर्ण लक्ष्यलाई लक्षित गरी गरिएको थियो ।
यस कारबाहीमा लस्कर–ए–इस्लामका दुई प्रमुख कमान्डर पनि मारिएका छन् । कारबाहीमा सात सुरक्षाकर्मी र छ आतङ्ककारी घाइते भएका छन् ।
केही घण्टासम्म चलेको कारबाहीका क्रममा जिल्लाका विभिन्न तीन स्थानमा सेना परिचालन गरिएको थियो । स्थानीय श्रोतले भने वरपरका केही मानिसहरू घाइते भएको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरी विधेयक २०८१ दफावार छलफलका लागि समितिमा पठाइयो
-
मुस्लिम आयोगको प्रतिवेदन संसदमा पेस
-
कमेडियन मुनव्वर फारुकीविरुद्ध एफआईआर दर्ता, धार्मिक भावनालाई ठेस पुर्याएको आरोप
-
अनुहारमा दही लगाउँदाका यस्ता छन् नोक्सान
-
लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ