लरेन्स बिश्नोईका भाइ अनमोल पक्राउ परेको खबरमा अमेरिकाले के भन्यो ?

वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भारतीय ग्याङ्गस्टर लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोई अमेरिकामा थुनामा परेको र कैयौँ आपराधिक मुद्दामा पक्राउ परेको खबरप्रति प्रतिक्रिया जनाएका छन् ।
मिडिया रिपोर्टमा एफबीआई अधिकारीहरूसँग भारतीय सुरक्षा अधिकारीहरूले अनमोल बिश्नोईको सुपुर्दगीको बारेमा छलफल गरिरहेको खबर आएको थियो । यसैबारे म्याथ्यु मिलरलाई सोधिएको थियो । यो गृह राज्य सुरक्षा विभाग र एफबीआईको काम हो, राज्य विभागको होइन भनेर यसको जवाफमा मिलरले भनेका थिए ।
बाबा सिद्धिकीको हत्या र अभिनेता सलमान खानको घर बाहिर गोली हानाहानलगायत कैयौँ मुद्दाका आरोपी अनमोल बिश्नोईलाई अमेरिकाको अध्यागमन विभागले गत हप्ता क्यालिफोर्नियामा हिरासतमा लिएको भनने खबर आएको थियो । गत अक्टोबर १२ मा मुम्बईको बान्द्रा ईस्टमा बाबा सिद्दिकीका गोली हानेर हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन