पोर्चुगललाई बराबरीमा रोक्दै क्रोएशिया क्वार्टरफाइनलमा

एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले दोस्रो पल्ट बराबरीमा चित्त बुझाउनु परेको छ । अहिलेसम्म अपराजित रहेको पोर्चुगलको यो दोस्रो बराबरी हो । पोर्चुगलका लागि खेलको ३३ औं मिनेटमै जोआओ फेलिक्सले गोल गरे पनि पछि निर्धारित समयमा ५ मिनेट थप गर्दा पनि कसैले गोल गर्न सकेनन् ।
घरेलु मैदानमा क्रोएशियाका लागि दोस्रो आधी (हाफ)पछि ओस्को ग्वार्डियोलले के जाकिकको सहायतामा गोल फर्काएका थिए । जुन गोलले क्रोएशियालाई क्वार्टरफाइनलका लागि सुरक्षित गरेको छ ।
समूहमा १४ अंकसहित पोर्चुगल शीर्षस्थानमा छ भने क्रोएशिया ८ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको स्कटल्याण्डले समेत पोल्याण्डलाई हराउँदै रेलिगेसनको लाइफलाइन खोसेको छ। पोल्याण्डविरुद्धको संघर्षपूर्ण जितसँगै स्कटल्याण्डले आफुलाई रेलिगेशन क्षेत्रबाट माथि उठाएको हो । सोमबार राती भएको खेलमा स्कटल्याण्डले पोल्याण्डलाई उसैको घरेलु मैदानमा २–१ गोल अन्तरले हरायो । जसले अंक बढाए पनि गोल अन्तरमा स्कटल्याण्डको हैसियत ऋणात्मक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान