बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१२ बजे १२ समाचार : राष्ट्रिय सम्मानसाथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टिदेखि प्रधानमन्त्रीविरुद्ध दुर्गा प्रसाईंको प्रचारसम्म

सोमबार, ०३ मङ्सिर २०८१, २३ : ५७
सोमबार, ०३ मङ्सिर २०८१

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–

१. राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ढु्ंगानाको पार्थिव शरीर दहनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । ढुंगानाको आइतबार निधन भएको थियो । 

अलबिदा दमननाथ ढुङ्गाना, तस्बिरहरुअलबिदा दमननाथ ढुङ्गाना, तस्बिरहरु

 

प्रधानमन्त्री ओलीबाट पूर्वसभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ

प्रधानमन्त्री ओलीबाट पूर्वसभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ

 

पूर्वसभामुख ढुङ्गानाकाे पार्थिव शरीरमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)

पूर्वसभामुख ढुङ्गानाकाे पार्थिव शरीरमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)

 

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा

 

२. नेताहरूको सम्झनामा दमननाथ ढुंगाना
पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । नेताहरूले ढुंगानालाई संसदीय अभ्यासको इतिहासको मूल खम्बाका रूपमा स्मरण गरेका छन् ।

नेताहरूको स्मरणमा दमननाथ ढुंगानानेताहरूको स्मरणमा दमननाथ ढुंगाना

 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको स्मरणमा दमननाथ

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको स्मरणमा दमननाथ

 

तत्कालीन प्रतिपक्षी सांसदको सम्झनामा दमननाथ ढुंगाना : नाम दमन, व्यवहार ‘दमन’को विरोधी !

तत्कालीन प्रतिपक्षी सांसदको सम्झनामा दमननाथ ढुंगाना : नाम दमन, व्यवहार ‘दमन’को विरोधी !

 

दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गर्नुभयो : अध्यक्ष प्रचण्डदमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गर्नुभयो : अध्यक्ष प्रचण्ड

 

किसुनजीको ‘प्यारो’ ढुंगाना : जो विरासतको पछि कहिल्यै लागेनन्

किसुनजीको ‘प्यारो’ ढुंगाना : जो विरासतको पछि कहिल्यै लागेनन्

 

माओवादी आन्दोलनले दमननाथलाई सम्झिनैपर्ने कारण

माओवादी आन्दोलनले दमननाथलाई सम्झिनैपर्ने कारण

 

३. बालुवाटारमा ओली–देउवा भेट
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो । 

प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता

प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता

 

४. संघ र स्थानीय सरकारलाई निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको सन्दर्भमा संघ र स्थानीय सरकारलाई विभिन्न विषयमा निर्देशन दिएको छ । सोमबार आयोगले विज्ञप्ति जारी गर्दै दुवै सरकारलाई निर्देशन दिएको हो ।

सरकारलाई आयोगको सात बुँदे निर्देशन : राजमार्गको यातायात व्यवस्थापनदेखि मदिरा नियन्त्रणसम्म

सरकारलाई आयोगको सात बुँदे निर्देशन : राजमार्गको यातायात व्यवस्थापनदेखि मदिरा नियन्त्रणसम्म

 

यस्ता छन् आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई दिएका ८ निर्देशन

यस्ता छन् आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई दिएका ८ निर्देशन

 

५. पहिचानवादी फेरि आन्दोलित
विभिन्न १२ वटा पहिचानवादी सङ्घ संस्थाले कोशी प्रदेशको नाम खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले केही उग्र कार्यक्रम पनि घोषणा गरेका छन् ।

कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने घोषणा

कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने घोषणा

 

फेरि ब्युँतियो पहिचानको आन्दोलन, तर देखिएन उत्साह !

फेरि ब्युँतियो पहिचानको आन्दोलन, तर देखिएन उत्साह !

 

६. सहकारीप्रति सर्वसाधारणको अझै छ विश्वास 
सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै धेरै बचतकर्ता आन्दोलित छन् । सहकारी ठगीको आरोपमा कयौँ थुनामा छन् । यस्तो अवस्थाका बिच धेरै बचतकर्ता अहिले पनि सहकारीमै रकम जम्मा गर्छन् । राष्ट्रिय सहकारी संघका कोशी प्रदेश अध्यक्ष डिल्ली पोखरेलले अहिले पनि सहकारीमा जनताको विश्वास कायमै रहेको बताउँछन् । विभिन्न सहकारीमा देखिएको समस्या र अहिले पनि राम्रै अवस्थामा चलेका उदाहरणीय सहकारीबारे रातोपाटीले ‘प्याकेज स्टोरी’ तयार गरेको छ ।

सहकारीप्रति अझै छ विश्वास, यो क्षेत्र धराशायी हुने सम्भावना कति ?

सहकारीप्रति अझै छ विश्वास, यो क्षेत्र धराशायी हुने सम्भावना कति ?

 

७. डा. वैकुण्ठ अर्यालले दिए राजीनामा
राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा. वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले केही समय अघिमात्र भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए ।

भ्रष्टाचार मुद्दामा सफाइ पाएका वैकुण्ठ अर्यालले दिए राजीनामा

भ्रष्टाचार मुद्दामा सफाइ पाएका वैकुण्ठ अर्यालले दिए राजीनामा

 

 

८. सुन तस्करी र अपहरणमा कांग्रेसका जिल्ला कोषाध्यक्ष संलग्न
रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन बाटोमा ‘गायब’ भएपछि कन्टेनर चालकलाई अपहरण गर्नेमा रसुवा कांग्रेसका जिल्ला नेता संलग्न भएको भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको नुर्पुसिंगी तामाङ नेपाली कांग्रेस रसुवाको जिल्ला कार्यसमितिका कोषाध्यक्ष हुन् ।

३ किलो सुन तस्करी र अपहरणमा पक्राउ परेका नुर्पुसिंगी रसुवा कांग्रेसका कोषाध्यक्ष

३ किलो सुन तस्करी र अपहरणमा पक्राउ परेका नुर्पुसिंगी रसुवा कांग्रेसका कोषाध्यक्ष

 

९. सहकारी घोटाला सम्बन्धमा रम्तेलको बयान सकियो
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलको बयान सकिएको छ । कारागार कार्यालय कास्कीबाट प्रहरीले उनलाई काठमाडौँमा ल्याएर बयान गराएको हो । ओखलढुङ्गा घर भएका रम्तेल पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन संलग्न आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।

स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो

स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो

 

१०. जनमत पार्टीकी सांसद सापकोटामाथि कारबाही होला ? 
जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउने भन्दै २०८० फागुन २७ मा पत्राचार गरेको थियो । सभामुख देवराज घिमिरेलाई पत्र पठाएर पार्टीले सापकोटालाई पदबाट हटाउने विषयमा जानकारी गराएको थियो । तर, हालसम्म पार्टीको सिफारिस बमोजिम सापकोटालाई सांसद पदबाट सभामुखले निलम्बन गरेका छैनन् ।

जनमत पार्टीकी सांसद सापकोटालाई कारबाही गरेको सूचना टाँस गर्दै सभामुख !

जनमत पार्टीकी सांसद सापकोटालाई कारबाही गरेको सूचना टाँस गर्दै सभामुख !

 

११. प्रसाईंको प्रचारविरुद्ध बोल्यो एमाले 
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भएको प्रचारबाजीबारे एमाले बोलेको छ । सत्ताधारी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिविरुद्ध नक्कली कागजात तयार पारेर जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताविरुद्धको षडयन्त्र भएको भनी प्रतिक्रिया दिएका हुन् । अभियन्ता दुर्गा प्रसाईंलेसामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलगायतका एमाले नेताले कम्बोडियामा ३२ अर्ब लगानी गरेको भन्ने कागजातसहितको भिडियो सार्वजनिक गरेपछि फेसबुकमार्फत महासचिप पोखरेलले प्रतिक्रिया दिएका हुन् । उनले यस प्रकारको षडयन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु सबैको कर्तव्य भएको समेत बताएका छन् ।

प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी भ्रम छर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : महासचिव पोखरेल

१२. क्रिकेटर पूजाको शोभायात्रा
यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोको पैत्रिक नगरमा शोभायात्रा निकालिएको छ । हालै यु-१९ अन्तर्गत टी-२० एसिया कप छनोट प्रतियोगिता जितेर विश्वकपमा छनोट भएको नेपाली टोलीकी कप्तान पूजाको गृह जिल्ला महोत्तरीको गौशाला नगरपालिका तथा स्थानीयले शोभायात्रा निकालेका हुन् । गौशाला-९ की कप्तान पूजासहित पिता रञ्जित महतो, हजुरबुबा, हजुरआमा र परिवारका अन्यसदस्यलाई सिंगारिएको एउटै सवारीमा राखेर नगर परिक्रमा गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप