कलाकारितासँगै व्यवसायमा गायिकाद्वय विष्णु र सुशीला

काठमाडौँ । कलाकारितासँगै गायिकाद्वय विष्णु सुनुवार र सुशीला थापा मगरले व्यवसायमा हात हालेका छन् । उनीहरूले दाङको घोराहीमा सोमबारदेखि ‘झोर्ले दोहोरी साँझ’ सञ्चालनमा ल्याएका हुन् ।
पारिवारिक वातावरणमा दाङ र आसपासका क्षेत्रका लोकदोहोरी गीत प्रेमीलाई मनोरञ्जन दिलाउने उद्देश्यका साथ आफूहरूले व्यवसाय सुरु गरेको विष्णुले बताइन् । स्थानीय सहिद गेटदेखि थोरै भित्र नवील बैंक रहेको भवनमा दोहोरी साँझ सञ्चालन रहेको भन्दै उनले लगानीमा आफू र सुशीलसहित अन्य दुई जना पनि रहेको उनले बताइन् । व्यवसाय सुरु गर्नका लागि करिब ६५ लाख खर्च भएको बताउँदै उनले आफ्नो व्यक्तिगत लोकसंगीत पनि साथमा लैजाने योजना रहेको सुनाइन् ।
विष्णुले अहिलेसम्म २२ वटा गीत निकालिसकेकी छन् भने ‘भैँसी गोठैमा, पोहोर परार कोरोनाले निस्कन पाइएन’सहितका राम्रो गीत चलेको बताइन् । लाइभ दोहोरीमा पनि जमेका उनीहरूले दाङमा सम्भावना देखेर लगानी गरेको बताए ।
यस्तै सुशीलाले पनि लाइभ दोहोरीबाहेक एक दर्जन भन्दा पनि गीतमा स्वर भरेकी छन् । त्यसमा केही गीत चलेको उनको भनाइ छ । उनका अनुसार दोहोरी साँझमा ३० जनालाई रोजगारी समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा
-
पुर्जा बाँड्ने भन्दै कैयौँ आयोग बने, अवस्था उस्तै
-
लाखौँ भूमिहीनप्रति सरकार गम्भीर छैन
-
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जग्गा दर्ता गर्न कर्मचारी नै बाधक
-
महाकाली सीमा अतिक्रमणबारे वार्ता गर्न र भारतलाई तटबन्ध निर्माण रोक्न झलनाथको सुझाव