१० बजे, १० समाचार
आज २०८१ मंसिर ३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि, नेताहरूको सम्झनामा दमननाथ ढुंगाना, बालुवाटारमा ओली–देउवा भेट, संघ र स्थानीय सरकारलाई निर्वाचन आयोगको निर्देशन, पहिचानवादी फेरि आन्दोलित, सहकारीप्रति सर्वसाधारणको अझै छ विश्वास, डा वैकुण्ठ अर्यालले दिए राजीनामा लगायत छन् ।
१. राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । ढुंगानाको आइतबार निधन भएको थियो । जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरद्धछडद्दण्डरनययमदथभ(मबmबललबतज(मजगलनबलब(उजयतयक
२. नेताहरूको सम्झनामा दमननाथ ढुंगाना
पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार अन्त्येष्टि भएको छ । नेताहरूले ढुंगानालाई संसदीय अभ्यासको इतिहासको मूल खम्बाका रूपमा स्मरण गरेका छन् ।
३. बालुवाटारमा ओली–देउवा भेट
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो ।
४. संघ र स्थानीय सरकारलाई निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको सन्दर्भमा संघ र स्थानीय सरकारलाई विभिन्न विषयमा निर्देशन दिएको छ । सोमबार आयोगले विज्ञप्ति जारी गर्दै दुवै सरकारलाई निर्देशन दिएको हो ।
५. पहिचानवादी फेरि आन्दोलित
विभिन्न १२ वटा पहिचानवादी सङ्घ संस्थाले कोशी प्रदेशको नाम खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले केही उग्र कार्यक्रम पनि घोषणा गरेका छन् ।
६. सहकारीप्रति सर्वसाधारणको अझै छ विश्वास
सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै धेरै बचतकर्ता आन्दोलित छन् । सहकारी ठगीको आरोपमा कयौँ थुनामा छन् । यस्तो अवस्थाका बिच धेरै बचतकर्ता अहिले पनि सहकारीमै रकम जम्मा गर्छन् । राष्ट्रिय सहकारी संघका कोशी प्रदेश अध्यक्ष डिल्ली पोखरेलले अहिले पनि सहकारीमा जनताको विश्वास कायमै रहेको बताउँछन् । विभिन्न सहकारीमा देखिएको समस्या र अहिले पनि राम्रै अवस्थामा चलेका उदाहरणीय सहकारीबारे रातोपाटीले ‘प्याकेज स्टोरी’ तयार गरेको छ ।
७. डा वैकुण्ठ अर्यालले दिए राजीनामा
राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले केही समय अघिमात्र भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए ।
८. सुन तस्करी र अपहरणमा कांग्रेसका जिल्ला कोषाध्यक्ष संलग्न
रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन बाटोमा ‘गायब’ भएपछि कन्टेनर चालकलाई अपहरण गर्नेमा रसुवा कांग्रेसका जिल्ला नेता संलग्न भएको भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको नुर्पुसिंगी तामाङ नेपाली कांग्रेस रसुवाको जिल्ला कार्यसमितिका कोषाध्यक्ष हुन् ।
९. सहकारी घोटाला सम्बन्धमा रम्तेलको बयान सकियो
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलको बयान सकिएको छ । कारागार कार्यालय कास्कीबाट प्रहरीले उनलाई काठमाडौँमा ल्याएर बयान गराएको हो । ओखलढुङ्गा घर भएका रम्तेल पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन संलग्न आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।
१०. जनमत पार्टीकी सांसद सापकोटामाथिको कारबाही कहाँ पुग्यो ?
जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउने भन्दै २०८० फागुन २७ मा पत्राचार गरेको थियो । सभामुख देवराज घिमिरेलाई पत्र पठाएर पार्टीले सापकोटालाई पदबाट हटाउने विषयमा जानकारी गराएको थियो । तर, हालसम्म पार्टीको सिफारिस बमोजिम सापकोटालाई सांसद पदबाट सभामुखले निलम्बन गरेका छैनन् ।