‘पूर्णबहादुरको सारङ्गी’ को १८ दिनको कमाई कति ?
सोमबार, ०३ मङ्सिर २०८१, २१ : १६

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको तेस्रो सातामा पनि आक्रमक कमाई गरिरहेको छ । अहिले ३०० भन्दा धेरै शोसहित प्रदर्शनरत फिल्मले नेपाली बक्स अफिसमा आम्दानी ३६ करोड पुर्याउन सफल भएको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १८ दिनमा फिल्मले ३५ करोड ९६ लाख रुपैयाँ कमाएको बताएको छ । आइतबार मात्रै फिल्मले १ करोड ६० लाख ग्रस गरेको थियो । यो कमाईमा आज सोमवारको व्यवसाय जोडिएको छैन ।
विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ ।
फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो ।