शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

बेलायती राजालाई धक्कामुक्की गर्ने अष्ट्रेलियाली सांसद परिन् सेन्सरमा

सोमबार, ०३ मङ्सिर २०८१, १७ : ४५
सोमबार, ०३ मङ्सिर २०८१

क्यानबेर्रा । अष्ट्रेलियाका सांसदहरूले बेलायती राजा चार्ल्सको अष्ट्रेलिया भ्रमणको समयमा संसदमा उनीलाई धक्का मुक्की गर्न खोज्ने आदिबासी सांसद लिडिया थोर्पलाई सेन्सर लगाएका छन् । 

उनले गरेको विरोधप्रति असन्तुष्टि जनाउँदै सोमबार सांसदहरूले थोर्पमाथि सेन्सर लगाउने विषयमा मतदान गरेका हुन् । चार्ल्सले संसदमा सम्बोधन गरे लगत्तै थोर्पले तिमी मेरो राजा होइनौं भन्दै चिच्याएकी थिइन् । 

सदनले सेन्सरलाई ४६–१२ ले पारित गरेको थियो । थोर्पको कदमलाई ‘अपमानजनक र विघटनकारी’ बताइएको छ । कुनै पनि प्रतिनिधि मन्डलमा सदनको प्रतिनिधित्व गर्नबाट उनी अयोग्य हुनुपर्ने पनि भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप