अमेरिकाले आगोमा घ्यू थप्दैछ : रुस
सोमबार, ०३ मङ्सिर २०८१, १७ : १२

क्रेमलिन । अमेरिकाले आफूले उपलब्ध गराएको लामो दूरीको क्षेप्यास्त्र रुसी भू–भागमा प्रयोग गर्न युक्रेनलाई अनुमति दिएर आगोमा घ्यू थपिरहेको रुसले भनेको छ । अमेरिकी क्षेप्यास्त्र प्रयोग गरेर युक्रेनले आफूमाथि हमला गरेमा यो हमला युक्रेनले नभएर अमेरिका आफैँले गरेको रूपमा हेरिने पनि मस्कोले भनेको छ ।
रुसले यस विषयमा यस अघि नै आफ्नो धारणा स्पष्ट पारिसकेको थियो । अमेरिकी निर्णयले रुस–युक्रेन युद्धमा अमेरिकाको नयाँ स्तरमा संलग्नतातर्फ सङ्केत गरेको पनि रुसले भनेको छ । बाहिरिँदै गरेको बाइडेन प्रशासनले आगोमा घ्यू थप्न खोजेको र युद्ध थप भड्काउन खोजेको विज्ञप्तिमा भनिएको थियो ।
यस कदमले तनावको नयाँ चक्र सुरु हुने चेतावनी पनि मस्कोले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा निष्पक्ष छानबिन हुन्छ, न्यायिक छानबिन आवश्यक नहुन पनि सक्छ : प्रधानमन्त्री
-
फिल्म ‘पिताम्बर’ले पायो ‘पिजी’ सर्टिफिकेट
-
राजस्थानले रोक्ला पञ्जाबको विजयी यात्रा
-
जाजरकोट भूकम्पबाट घाइते ३ जना डिस्चार्ज
-
‘भारतले कहाँ काँडेतार लगाएको छ र ?’
-
मोदीजी र मैले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने अठोट गर्यौँ : प्रधानमन्त्री