सात खेलको प्रतिबन्धमा परे टोट्टनहामका रोड्रिगो
![सात खेलको प्रतिबन्धमा परे टोट्टनहामका रोड्रिगो](https://npcdn.ratopati.com/media/news/rodigo_pFvRUpv3iC.jpg)
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामका मिडफिल्डर रोड्रिगो बेन्टानकर सात खेलको प्रतिबन्धमा परेका छन् । अनुशासन विपरितको कार्य गरेको आरोपमा उनीमाथि सात खेलको प्रतिबन्ध लगाइएको हो ।
उरुग्वेका यी प्रभावशाली मिडफिल्डरमाथि आफ्नै टोलीका साथी सन ह्युङ मिनमाथि जातिय विभेद गरेको आरोप लगाइएको थियो । सोही आरोपमा फुटबल एसोसिएसन (एफए) ले २७ वर्षीय रोड्रिगोमाथि सात खेलको प्रतिबन्ध लगाएको हो ।
सोही आरोपमा रोड्रिगोमाथि एक लाख युरो जरिवाना पनि तोकिएको छ । सात खेलको प्रतिबन्धमा परेपछि अब रोड्रिगो आगामी डिसेम्बर २६ तारिखभन्दा अगाडि खेलमा फर्कने छैनन् । उनले प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीविरुद्धको खेल गुमाउने छन् ।
यसका अतिरिक्त उनले लिग कपको म्यानचेस्टर युनाइटेडविरुद्धको क्वार्टरफाइनल खेल पनि गुमाउने पक्का छ । उनी टोट्टनहामको युरोपा लिग खेलमा भने टोलीमा उपस्थित रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष रोका पुरस्कृत
-
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत
-
दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
-
प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल
-
यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड
-
तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा