सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

बीवाईडी एट्टो–३ को मिडिया टेस्ट ड्राइभ

सोमबार, ०३ मङ्सिर २०८१, १५ : ४८
सोमबार, ०३ मङ्सिर २०८१

काठमाडौँ । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कले हालै लन्च गरेको ‘बीवाईडी एट्टो–३, २०२४’ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । 

‘बीवाईडी ड्राइभ टु डिस्कभर’ नाम दिइएको सो कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूवीको विशेष क्षमता अनुभव गराएको छ ।  

काठमाडौँको नक्सालस्थित बीवाईडी शोरूममा आयोजना गरिएको कार्यक्रममा मिडिया प्रतिनिधि र अटोमोबाइलप्रेमीहरूको उत्साही सहभागिता रहेको थियो । सहभागीहरूले बीवाईडी एट्टो ३ २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाएका थिए । 

बीवाईडी ड्राइभ टु डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन डिजाइन गरिएको थियो, जसमा सहरका सडक, उकालो, र अफ–रोड बाटाहरू समावेश थिए। यात्रा बीवाईडी शोरूमबाट सुरू भएर भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड, र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो। शहरको बाटो, उकालो, र दुर्गम भूभागको यो मिश्रणले मिडिया प्रतिनिधिहरूलाई बीवाईडी एट्टो ३ को अत्याधुनिक ड्राइभिङ फिचरहरू र मजबुत निर्माणको परीक्षण गर्न मौका दिएको छ ।

313A4845

बीवाईडी एट्टो ३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ भएको बताइएको छ । यो एसयूवीमा बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ। बीवाईडीको डिजाइन दर्शन अनुसार, एट्टो ३ २०२४ संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइनमा समावेश रहेको कम्पनीले जनाएको छ । 

यस्तै गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउनको लागि आरामदायी र स्टाइलिश इन्टेरियर प्रदान गरिएको कम्पनीले जनाएको छ । 

“बीवाईडी एट्टो ३ २०२४ ले केवल बीवाईडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र होइन, नेपालको हाम्रा ग्राहकहरूका लागि ईभी अनुभव सुधार गर्ने हाम्रो प्रतिबद्धता पनि झल्काउँछ। बीवाईडी एट्टो ३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन, र वातावरणमैत्री दक्षताले यसलाई ईभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्वपूर्ण हिस्सा बनाएको छ,“ साईमेक्स इन्कका नेशनल सेल्स हेड अशुतोष गौतमले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप