शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

हातमा बर्गर समातेर अमेरिकालाई स्वस्थ बनाउँछु भन्दैछन् अमेरिकी स्वास्थ्यमन्त्री

सोमबार, ०३ मङ्सिर २०८१, १४ : ११
सोमबार, ०३ मङ्सिर २०८१

वासिङ्टन डीसी । हालै भएको चुनावबाट अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमण्डलमा कयौँ ठुला व्यक्तिको नाम घोषणा गरेका छन् । यीमध्ये एउटा नाम रोबर्ट एफ. केनेडी जुनियरको पनि हो ।

उनले केनेडी जुनियरलाई स्वास्थ्य मन्त्रीको पद दिएका छन् । अचम्मको कुरा के छ भने केनेडी जुनियर त्यही व्यक्ति थिए जसले कोरोनाभाइरस विरुद्धको खोप अभियानको निकै आलोचना गरेका थिए । उनले बालबालिकालाई दिइने अल्ट्रा–प्रोसेस्ड खानामा पनि प्रतिबन्ध लगाउन माग गर्दै आएका थिए ।

तर, अहिले उनै केनेडी जुनियरको डोनाल्ड ट्रम्प र एलन मस्कसँग म्याकडोनाल्डमा बर्गर खाँदै गरेको तस्बिर सार्वजनिक भएको छ । अर्को चाखलाग्दो कुरा के छ भने हातमा बर्गर समात्ने उनको नारा चाँहि अमेरिकालाई फेरि स्वस्थ बनाउने रहेको छ ।

डोनाल्ड ट्रम्पका छोराले यो फोटोको साथमा क्याप्सन भने– ‘अमेरिकालाई फेरि स्वस्थ बनाउने काम भोलिबाट ​​सुरु हुनेछ ।’ भन्दै पोस्ट गरेका छन् ।

एकदिन अघि रोबर्ट एफ. केनेडी जुनियरसहित , डोनाल्ड ट्रम्प आफ्नो नवघोषित मन्त्री मन्डलको अन्य कयौँ सदस्यका साथमा अल्टिमेट फाइटिङ्ग च्याम्पियनसिप (युएफसी) हेर्न गएका थिए ।

म्याकडोनाल्डमा खाइरहेको यो तस्बिर भने यूएफसी इभेन्ट पछिको हुन सक्ने अनुमान गरिएको छ । तस्बिरमा डोनाल्ड ट्रम्प बाहेक, उनका छोरा डोनाल्ड ट्रम्प जूनियर, एलन मस्क र आरएफके जूनियर छन् ।

ट्रम्पको खानपिनलाई लिएर पनि टिप्पणी गरिसकेका छन् केनेडी जुनियर

७० वर्षीय रोबर्ट एफ. केनेडी जूनियरले यस अघि मोटोपनालाई अमेरिकामा महामारीको संज्ञा दिएका थिए । थप चिनी, बोसो र प्रशोधित खानाहरू कम गर्नुपर्ने भनेर वकालत पनि गरिसकेका छन् ।

गतहप्ता एउटा पोडकास्टमा उनले ट्रम्पको आहारबारे टिप्पणी गरेका थिए । यसमा उनले डोनाल्ड ट्रम्पले जे खान्छन् त्यो एकदमै फोहोर हुने बताएका थिए । ट्रम्पको विमानभित्र खाइने खानेकुरा विषै हुने भनेर पनि भनेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप