डेडिकेटेड र ट्रंकलाइनको बिल अध्ययन गर्न समिति गठन
सोमबार, ०३ मङ्सिर २०८१, १४ : ००

काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको बिल अध्ययन गर्न सरकारले अर्को एउटा समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी प्राप्त भएको बताए ।
समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी र चार्टर्ड एकाउन्टेन्ट समेत हुनेछन् । उक्त समितिले नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई बुझाएका डेडिकेटेड र ट्रंक लाइनका बिलको अध्ययन गर्नेछ ।
सरकारले यसअघि डेडिकेटड र ट्रंकलाइनको विवाद अध्ययन गर्न गिरिशचन्द्र लाल नेतृत्वको आयोग बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा