सि–चेकमा गएको करिब ३ महिनामा आयो नेपाल एयरलाइन्सको जहाज
सोमबार, ०३ मङ्सिर २०८१, १३ : ५१

काठमाडौँ । एक महिनाका लागि सी–चेकमा गएको नेपाल एयरलाइन्सको जहाज झण्डै ३ महिनापछि काठमाडौँ फर्किएको छ ।
एयरलाइन्सको ए–३३० वाइडबडी नाइन एन एएलजेड (मकालु) जहाज सि–चेकका लागि भदौ दोस्रो साता इटली गएको थियो ।
प्रवक्ता रमेश पौडेलका अनुसार मकालु फर्किएसँगै नेपाल एयरलाइन्सले चारवटै जहाजमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने भएको छ ।
नेपाल एयरलाइन्ससँग दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी छन् ।