वैज्ञानिकहरूले पत्ता लगाए लामखुट्टेको वृद्धि गर्ने ब्याक्टेरिया

लन्डन । बेलायती वैज्ञानिकहरूले एउटा विशेष खालको ब्याक्टेरिया पत्ता लगाएका छन् । यसले रोग फैलाउने लामखुट्टेको क्षमता रोक्न मद्दत गर्ने बताइएको छ । एक्सेटर र वागेनिंजेन विश्वविद्यालयका अनुसन्धानकर्ताका टोलीले लामखुट्टेको लार्भा असाइआ ब्याक्टेरियाको सम्पर्कमा आउँदा छिटो बढ्ने देखाएको छ ।
यो खोजले डेंगु, पहेँलो ज्वरो र जिका जस्ता लामखुट्टेबाट सर्ने रोगहरू रोक्न मद्दत गर्न सक्नेछ । यो अध्ययनको प्रतिवेदन जर्नल अफ एप्लाइड माइक्रोबायोलोजीमा प्रकाशित भइसकेको छ । अध्ययनले यो पनि देखाएको छ कि यो ब्याक्टेरियाले वृद्धिको समय एक दिन बढाएको छ । यस अनुसन्धानले यो ब्याक्टेरियाले लामखुट्टेको जीवन चक्रलाई कसरी प्रभावित गर्न सक्छ भन्ने प्रकाश पारेको छ ।
कसरी भयो सम्पूर्ण अध्ययन ?
पहिला पनि रोग फैलिनबाट रोक्न नटोक्ने पुरुष लामखुट्टे प्रजनन गरेर छाड्ने कार्यक्रम सञ्चालन भएका थिए । यो तरिका लामखुट्टे रोक्न विषादीको प्रयोग भन्दा बढी प्रभावकारी छ । धेरै विषादीको प्रयोगले पनि लामखुट्टेलाई विषादी प्रतिरोधी बनाउँदै लैजान्छ ।
‘असाइआ ब्याक्टेरियाले लामखुट्टेको स्वास्थ्यमा फाइदाजनक भूमिका खेल्न सक्छ, तर यसलाई एडिस एजिप्टाईमा पहिले कहिल्यै पूर्ण रूपमा परीक्षण गरिएको थिएन । अध्ययनमा हामीले पाएका छौँ कि केही असाइआ ब्याक्टेरिया यी लामखुट्टेको लार्भाको वृद्धिमा सहायक हुन सक्छन् ।’ प्रोफेसर बेन रेमन्ड भन्छन् ।
के भन्छन् वैज्ञानिकहरू ?
अध्ययनमा लामखुट्टेको लार्भा भएको पानीमा एसिया ब्याक्टेरियालाई राखिएको थियो । यसपछि असाइआ ब्याक्टेरियाले लार्भाको विकासलाई गति दिएको देखियो । यी ब्याक्टेरियाहरूले प्रत्यक्ष रूपमा पोषण त दिँदैनन्, तर अन्य ब्याक्टेरियाहरू प्रतिस्थापन गरेर लार्भाको वृद्धिलाई बढवा दिने वैज्ञानिकहरू भन्छन् ।
असाइआ ब्याक्टेरियाले अक्सिजनको मात्रा घटाएर यस्तो हर्माेन उत्पादन गर्दछन् जसले अक्सिजनको मात्रा घटाएर लार्भाको वृद्धिलाई गति दिन्छ । लार्भा छिटो छिटो बढ्न थाल्छ । यसको मतलब तिनीहरू चाँडै वयस्क लामखुट्टे बन्छन् । लामखुट्टे छिटै बढ्यो भने तिनीहरूसँग सङ्क्रमण फैलाउन कम समय हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने