शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

कहाँ छन् आयोतुल्लाह अली खामेनेई ?

सोमबार, ०३ मङ्सिर २०८१, १३ : १२
सोमबार, ०३ मङ्सिर २०८१

तेहरान । इरानी सर्वोच्च नेता आयोतुल्लाह अली खामेनेई कहाँ छ ? के उनी कोमामा छन् ? कि उनको मृत्यु भइसक्यो ? यी त्यस्ता केही प्रश्नहरू हुन् जसको जवाफ हामीसँग छैन । तर, सामाजिक सञ्जालमा यी प्रश्नहरू खुबै सोधिएका छन् ।

सामाजिक सञ्जालमा धेरै पोस्टमा उनलाई विष खुवाइएको दाबी पनि गरिएको छ । जसका कारण उनको मृत्यु नै भएको भनेर पनि भनिएको छ । केही पोस्टमा उनी कोमामा गएको बताइएको छ । यसैबिच, खामेनेईको एक्स ह्यान्डलबाट एउटा पोस्ट आएको छ, जसमा उनले इरानी राजदूतसँग भेट गरेको देखाइएको छ ।

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा खामेनेईका बारेमा धेरै अपुष्ट जानकारीहरू शेयर भइरहेका छन् । खामेनेईले आफ्ना छोरा मोजताबा खामेनेईलाई आफ्नो उत्तराधिकारी नियुक्त गरेको खबर पनि छापिएको थियो । 

खामेनेई अहिले ८५ वर्षका भइसकेका छन् । उनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता छन् । यसअघि सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएको थियो । 

उनी त्यो क्रान्तिको नेता थिए । त्यसयता इरानको बागडोर निरन्तर उनको हातमा रहेको छ । उनको शासनकालमा इजरायल र अमेरिकासँगको इरानको सम्बन्ध इतिहासकै सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

के हो बैठकको सत्यता ?

खामेनीको एक्स अकाउन्टमा पोस्ट गरिएको फोटोमा उनी लेबनानका लागि इरानका राजदूत मोजताब अमानीसँग देखिएका छन् । यद्यपि यो फोटो कहिले खिचिएको हो ? यसको पुष्टि गर्न सकिन्न । ‘इस्लामिक क्रान्तिका नेता अयातोल्लाह खामेनेईले आज दिउँसो वरिष्ठ राजदूत अमानीलाई भेटे, उनले आफ्नो दैनिक भेटघाटको बीचमा उनीसँग भेटे ।’ भनेर क्याप्सनमा लेखिएको छ । 

हालै लेबनानमा पेजर हमलामा करिब ३ हजार व्यक्ति घाइते भएका थिए । घाइते हुनेमा अमानी पनि एक थिए । पछि इजरायलले यी आक्रमणको जिम्मेवारी लिएको थियो । यस आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप