कति पुग्यो पुष्पा २ को ट्रेलरमा भ्युज ?
नयाँ दिल्ली । दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ः द रुल ! डिसेम्बर ५ मा हलमा रिलिज हुँदैछ । यसअघि आइतबार पटनामा फिल्मको ट्रेलर रिलिज भएको थियो ।
ट्रेलर रिलिज हुनेबित्तिकै फ्यानहरूमाझ हलचल मच्चिएको छ । केही घन्टाभित्रै फिल्मको ट्रेलरले सामाजिक सञ्जालमा हंगामा मच्चायो ।
फिल्मलाई लिएर फ्यानहरूमा पहिलेदेखि नै निकै उत्साह थियो । ट्रेलर रिलिजपछि फिल्मप्रति अपेक्षा बढेको छ । ट्रेलर रिलिज भएको एक घण्टामै यसलाई २० लाखभन्दा बढीले हेरेको थिए ।
२ घण्टामै पुष्प २ को ट्रेलरले इतिहास रच्यो । दुई घण्टामा यसलाई ४० लाख भन्दा धेरै पटक हेरियो । यो समाचार तयार पार्ने बेलामा ट्रेलर रिलिज भएको १७ घन्टा बितेको थियो भने भ्युज ३ करोड १० लाख बढी थियो ।
युट्यूबमा ट्रेलर ट्रेन्डिङको तेस्रो नम्बरमा थियो । फ्यानहरूले ट्रेलरमा धमाधम कमेन्ट र शेयर गरिरहेका छन् । फिल्मले बक्स अफिसमा कमाईका सुनामी ल्याउने अनुमान पनि केहीले गर्न थालेका छन् ।
फ्यानहरूलाई अल्लु अर्जुनको डाइलग निकै मन परिरहेको छ । ट्रेलरमा अल्लुको स्वाग बाहेक पनि अभिनेत्री रश्मिका मन्दानासँगको उनको रोमान्सलाई पनि दर्शकले निकै रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण