सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै

सोमबार, ०३ मङ्सिर २०८१, ११ : ४५
सोमबार, ०३ मङ्सिर २०८१

काठमाडौँ । आजदेखि विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै छ । बर्सेनि विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना वृद्धि गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि १८ देखि २४ तारिखसम्म यो सप्ताह मनाइन्छ । यो वर्ष ‘बुझौँ, बुझाऔँ आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग फैलाउने वा सङ्क्रमण गर्ने जीवाणुहरू बलियो भई औषधिको प्रभाव नदेखाउनु वा प्रभाहिन हुनु नै प्रतिजैविक हो भनेको छ । 

एन्टिबायोटिक्स (प्रतिजैविक) औषधिको दुरुपयोगले मृत्युको जोखिम बढ्ने भन्दै मन्त्रालयले सुसूचित समेत गराएको छ । मन्त्रालयका अनुसार एन्टिबायोटिक्स औषधि सूक्ष्म जीवहरूलाई नाश गर्ने वा फैलिने क्रमलाई सुस्त पार्छ ।

प्रतिजैविक औषधिहरू विभिन्न आकार, प्रकार वा बनावटमा पाइन्छ । जस्तै: ट्याब्लेट, क्याप्सुल, सिरप, सस्पेंसन ( झोल), इन्जेक्सनमा उपलब्ध हुन्छन् । प्रतिजैविक औषधिहरू जुन कीटाणु समूहविरुद्ध प्रयोग हुन्छ, त्यही अनुसार नाम पनि फरक–फरक छन् ।

मन्त्रालयका अनुसार जीवाणु विरुद्ध काम गर्ने औषधिलाई एन्टिबायोटिक वा व्याकटेरिअल भनिन्छ । यस्तै, भाइरसविरुद्ध काम गर्ने एन्टीभइरल औषधि, परजीवी विरुद्ध काम गर्ने औषधि एन्टीपारासाईट भनेर बुझिन्छ ।

यस्तै, ढुसीविरुद्ध काम गर्ने औषधिलाई एन्टीफंगल भन्ने गरिन्छ । यिनै औषधिहरूको आवश्यकता भन्दा बढी, चिकित्सकको सल्लाह विनै प्रयोग गर्दा यी सङ्क्रमण गर्ने जीवाणु बलियो भई औषधिको प्रभावकारी नहुने समस्या देखा पर्न थाल्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप