बैङ्किङ कसुरमा २ वर्ष कैद ठहर भएका सत्यमान लामा पक्राउ
काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
रामकुमार तिवारीको जाहेरीले बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।
गुण्डागर्दीबाट उदाएका लामा पछिल्लो सयम बुद्धचित्त मालाको कारोबार गर्दै आएका छन् । उनी विरुद्ध सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित होमबहादुर सुनुवारको बुद्धचित्तको मालाको दाना लुटेको कसुरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होमबहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । बुद्धचित्तको रुख होमबहादुर सुनुवारको स्वामित्वमा छ ।
खतिवडाले दिएको जाहेरीको आधारमा डाँका चोरी तथा लुटपाट मुद्दामा लामा सहित ४ जनाविरुद्ध सिन्धुली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
बारा घर भएका आर्यन खतिवडाले सो मालाको दाना आफूले ६५ लाखमा खरिद गर्ने गरी ‘करार सम्झौता’ गरेको बताएका छन् । साउन १ मा अर्को समूहले जबरजस्ती दाना टिपेका हुन् । लुटमा संलग्न पुष्पलाल दोङ सहितका अन्य आरोपी फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार्टअपलाई अभियानका रूपमा लैजान सरकार लागि परेको छ : उद्योग सचिव राउत
-
प्रधानमन्त्री ओलीबाट पूर्वसभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ
-
कति पुग्यो पुष्पा २ को ट्रेलरमा भ्युज ?
-
विकासशील मुलुकमा स्तरोन्नति हुँदा निर्यात ४ प्रतिशत घट्छ : सचिव मरासिनी
-
‘ब्रेन ड्रेन’ कि ‘लेबर ड्रेन’ ?
-
पूर्वसभामुख ढुङ्गानाकाे पार्थिव शरीरमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)