चप्पल र पेटीले हुन्थ्यो आयुष्मानको पिटाई
नयाँ दिल्ली । आफ्नो पिता निकै कठोर भएको बलिउड अभिनेता आयुष्मान् खुरानाले खुलासा गरेका छन् । कयौँ पटक पिताले आफूलाई चप्पल र पेटीले कुटपिट गरेको पनि उनले बताए । आयुष्मान् निकै सानो उमेरमा पिता बनेका थिए ।
छोरी जन्मिएपछि मात्रै आफू राम्रो मान्छे बनेको पनि उनले बताए । ‘म सानै उमेरमा पिता बनेँ । फिल्म विक्की डोनर रिलिज हुँदा म पिता भइसकेको थिएँ । यो अनुभूति निकै फरक थियो । ताहिरा र म दुवै सँगै हुर्केका थियौं किनभने हामी सानै उमेरमा आमाबुवा बन्यौँ ।’
हनेष्टली सेइङ पोडकाष्टलाई दिएको एउटा अन्तरवार्तामा आयुष्मानले भने । ‘सबैभन्दा राम्रो कुरा यही हो कि मेरी एक छोरी छिन् । तपाईं एक राम्रो मान्छे बन्नुहोस् । छोरीहरूले धेरै संवेदनशील हुन सिकाउँछन् ।’ अगाडि उनले भनेका छन् ।
तपाईं आफ्नो पिताभन्दा फरक पिता हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा आयुष्मान् पहिला हाँसे अनि तुरुन्तै हाँसेर भने ‘म एकदम फरक खालको पिता हुँ । मेरो बुबा तानाशाह हुनुहुन्थ्यो । चप्पल र पेटीले पिट्नुहुन्थ्यो । पक्कै पनि बाल्यकालको आघात अझै पनि बाँकी छ ।’
बिना गल्ती खाएका छन् पिटाई
आफूले एकदिन बिना कुनै गल्ती पिटाई खाएको पनि आयुष्मानले सुनाएका छन् । ‘एकदिन म पार्टीबाट फर्कँदै थिएँ । मेरो सर्टमा चुरोटको धुवाँको गन्ध आइरहेको थियो मैले त पिताको डरले कहिले पनि चुरोटलाई हातै लगाएको थिइन । तर पनि मलाई यसका लागि पिटियो ।’
वर्कफ्रन्टको कुरा गर्दा आयुष्मान् हाल धर्मा प्रोडक्सनको आगामी फिल्ममा काम गरिरहेका छन् । यो फिल्ममा उनीसँगै अभिनेत्री सारा अली खानसँगै देखिँदैछन् । उनी म्याडकको हरर कमेडी फिल्ममा पनि देखिँदैछन् । आदित्य सरपोतदारको निर्देशनमा बन्न लागेको यो फिल्ममा रश्मिका मन्डन्ना, नवाजुद्दीन सिद्दीकी र परेश रावलको पनि भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष रोका पुरस्कृत
-
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत
-
दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
-
प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल
-
यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड
-
तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा