सुनिल गावस्कर भन्छन्, ‘श्रेयस ऐयरलाई भित्राउनु कोलकाताका लागि बुद्धिमतापूर्ण निर्णय हुनेछ’

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन (खेलाडी खरिदी–बिक्री प्रक्रिया) नोभेम्बर २४ र २५ तारिखमा आयोजना हुँदैछ । कोलकाता नाइट राइडर्सले रिलिज (अन्य क्लबमा जान स्वतन्त्र) गरेपछि मेगा अक्सनअघि श्रेयस ऐयर चर्चामा छन् ।
अघिल्लो सिजन कोलकाता नाइट राइडर्सले श्रेयस ऐयरकै कप्तानीमा उपाधि चुमेको थियो । तर, कोलकाताले आगामी सिजनका लागि श्रेयस ऐयरलाई रिटेन (क्लबमा राख्ने निर्णय) गरेन । कोलकाताले रिलिज गरेपछि श्रेयस ऐयर पनि मेगा अक्सनमा सहभागी छन् ।
मेगा अक्सनअघि भारतका चर्चित क्रिकेट सुनिल गावस्कर श्रेयस ऐयरको विषयलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् । गावस्करले मेगा अक्सनमा श्रेयस ऐयरलाई कोलकाता नाइट राइडर्सले नै खरिद गर्नु पर्ने सुझाव दिएका छन् ।
कोलकाताले ६ खेलाडीलाई रिटने गरे पनि श्रेयस ऐयरलाई भने रिलिज गरेको थियो । ‘श्रेयस ऐयरलाई रिलिज गर्नु कोलकाताको गम्भीर गल्ति थियो । त्यसैले मेगा अक्सनमा कोलकाताले नै ऐयरलाई भित्राउने प्रयास गर्नु पर्नेछ । कोलकाताका लागि यो बुद्धिमतापूर्ण निर्णय हुनेछ,’ गावस्करले भन्छन् ।
आफ्नो समयका प्रभावशाली खेलाडी गावस्करले दिल्ली क्यापिटल्सलाई पनि ऐयरलाई भित्राउन सुझाव दिएका छन् । ‘अहिले दिल्ली क्यापिटल्स पनि कप्तानको खोजीमा छ । यदि कोलकाताले ऐयरमाथि बोली नलगाएमा दिल्लीले उनलाई भित्राउँदा उपयुक्त हुन्छ,’ गावस्करले भनेका छन् ।
श्रेयस ऐयरले हालसम्म आईपीएलमा कुल एक सय १५ खेल खेलेका छन् । उनले आईपीएलमा तीन हजार एक सय २७ रन बनाएका छन् । उनले आईपीएलमा २१ अर्धशतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर भने ९६ रन हो ।
उनी भारतको राष्ट्रिय टोलीका पनि प्रभावशाली खेलाडी हुन् । उनले भारतका लागि ५१ वटा टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । कोलकाता नाइट राइडर्सले आगामी सिजनको आईपीएलका लागि रिंकु सिंहलाई १३ करोडमा रिटेन गरेको थियो ।
यसैगरी, आन्द्रे रसेल, वरुण चक्रवर्ती र सुनिल नारिनलाई १२–१२ करोड भारतीय रुपैयाँमा कोलकाताले रिटेन गरेको थियो । यसका अतिरिक्त हर्षित राणा र रमनदीप सिंहलाई रिटेन गर्न कोलकाताले चार–चार करोड रुपैयाँ खर्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालका रेडियोग्राफर चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा मुद्दा दायर
-
हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
सेबीका पूर्वप्रमुख माधवीविरुद्ध एफआईआर गर्न बम्बई उच्च अदालतले लगायो रोक
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति