लामो दूरीका मिसाइल चलाउन अमेरिकी स्वीकृतिपछि जेलेन्स्कीले के भने ?

किभ । अमेरिकाले युक्रेनलाई आफूले दिएको लामो दुरीका क्षेप्यास्त्र रुसी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस विषयमा प्रतिक्रिया दिएका छन् । जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीलाई हवाई रक्षा प्रणालीमा सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु ।’
साझेदारहरुबाट आवश्यक सुविधा अझै नपाएको तर लक्ष्य प्राप्तिको लागि निरन्तर काम गरिरहेको पनि उनले बताए । युक्रेनलाई बलियो बनाउन आफूले ‘विजय योजना’ प्रस्तुत गरेको पनि जेलेन्स्कीले भने । यस योजनामा लामो दूरीमा आक्रमण गर्ने क्षमता पनि समावेश थियो । ‘हामीले स्वीकृति पाएका छौं भनेर सञ्चार माध्यमहरूमा धेरै कुराहरू आएका छन्, तर आक्रमणहरू शब्दले गर्दैनन् । यी कुराको घोषणा गरिएको छैन । क्षेप्यास्त्रहरू आफैँ बोल्नेछन्,’ उनले भने ।
जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि देशको संसद्मा ‘विजय योजना’ प्रस्तुत गरेका थिए । यसको मुख्य बुँदाहरूमा नेटोमा संलग्न हुन औपचारिक निमन्त्रणा र रूस भित्र लामो दूरीसम्म हमला गर्न सहयोगी देशहरूले लगाएका प्रतिबन्ध फुकाउने सम्मका कुराहरू थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय