हिरासतमा भएका मृत्युको अनुसन्धान गर्न माग गर्दै एम्नेस्टीको ‘राइट फर राइट्स’ अभियान
काठमाडौँ । हिरासतमा भएका मृत्युहरूको अनुसन्धान माग गर्दै एम्नेस्टी इन्टरनेशनलले ‘राइट फर राइट्स’ अभियान सुरु गरेको छ ।
जसअन्तर्गत हिरासतमा भएका मृत्यु रोक्न तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेको छ । साथै त्यस्ता घटनाहरूमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न पनि एम्नेस्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ ।
२० बर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको राइट फर राइट्स अभियान एम्नेस्टी इन्टरनेश्नलले हरेक वर्ष सञ्चालन गर्ने एउटा मुख्य विश्वव्यापी अभियान भएको बताइएको छ ।
यस अभियानको एक हिस्सास्वरुप एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२० देखि नेपालको हिरासतमा भएका मृत्युहरूको अनुसन्धान माग गर्दै आएको छ ।
हरेक वर्ष हिरासतको संरक्षणमा रहेका केही व्यक्तिहरूको मृत्यु हुने गर्दछ । तर ती घटनाहरूमा कुनै पनि जबाफदेहिता देखिँदैन । यो वर्ष दुईवटा हिरासतमा मृत्युका घटनाहरू सार्वजनिक भएका छन् ।
साउन महिनामा २८ वर्षका झकबहादुर खड्काको चार दिनको हिरासतपछि प्रहरीकै नियन्त्रणमा मृत्यु भएको थियो भने कात्तिक ३ मा ४५ वर्षका मोहम्मद क्यामोदिन चितवन रत्ननगरस्थित प्रहरी हिरासतमा मृत्यु भएको एम्नेस्टीले जनाएको छ । गत वर्ष एक जनाको र २०२१ मा पाँचजनाको हिरासतमा मृत्यु भएका घटना सार्वजनिक भएका थिए ।
यस अभियान अन्तर्गत एम्नेस्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र सबै निकायहरूलाई सबै थुनुवा र बन्दीहरूको मानवअधिकार सुनिश्चित गर्न, सबै हिरासतमा भएका मृत्युका घटनाहरूको गम्भीर छानबिन गर्न र यातना वा घातक दुर्व्यवहारका पीडकहरूका लागि जबाफदेहिता स्थापित गर्न आहान गरेको छ ।
यसअतिरिक्त एम्नेस्टी इन्टरनेसनल नेपालले आङगोला, क्यानडा, साउदी अरब र दक्षिण कोरिया लगायतका जोखिममा रहेका मानवअधिकार रक्षकहरुको मानवअधिकार उल्लंघनको सवालमा अभियान चलाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी