इजरायली हवाई हमलामा हिजबुल्लाहका मिडिया प्रमुख मारिए
सोमबार, ०३ मङ्सिर २०८१, ०८ : ४४

बेरुत । हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ लेबनानको बेरुत सहरमा इजरायली हवाई आक्रमणमा मारिएका छन् । हिजबुल्लाहले यसको पुष्टि गरेको हो।
लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको बताए पनि मन्त्रालयले ती व्यक्तिहरू को थिए भन्ने बताएको छैन।
मोहम्मद अफिफ सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका थोरै नेता मध्ये थिए। अफिफ अन्तिम पटक गत सोमबार पत्रकार सम्मेलनमा देखिएका थिए ।इजरायली आक्रमणमा १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार लेबनानको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको छवटा स्थानमा आक्रमण गरेको बताएको छ। इजरायलले गत हप्तादेखि आफ्नो आक्रमणलाई तीव्र पारेको छ। यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाह पनि इजरायली आक्रमणमा मारिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ