उत्तरी गाजामा इजरायली हमलामा कम्तीमा ३४ जनाको मृत्यु
सोमबार, ०३ मङ्सिर २०८१, ०८ : ०५

गाजा । उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय भवनमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको स्थानीय नागरिक रक्षा एजेन्सीले जनाएको छ। एजेन्सीले मृतकमध्ये धेरै महिला र बालबालिका रहेको र दर्जनौँ अझै पनि भग्नावशेषमुनि पुरिएको हुन सक्ने बताएको हो ।
घटनामा सात जना घाइते भएका छन् । इजरायली सेनाले हमासलाई पुनः संगठित हुनबाट रोक्ने प्रयासमा बेइट लाहिया लगायत उत्तरी गाजामा आक्रमण गरेको बताएको छ।
उता, मध्य गाजामा शरणार्थी शिविरहरूमा तीन अलग-अलग आक्रमणहरूमा १५ जनाको मृत्यु भएको छ । दक्षिणमा रफाहमा इजरायली ड्रोन आक्रमणमा पाँच जना मारिएको एजेन्सीले थपेको छ। प्रवक्ता महमुद बस्सलले लगातार गोलाबारी र बमबारीका कारण थप घाइतेको उद्धार गर्ने सम्भावना कम हुँदै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक
-
संसदीय समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने
-
सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी
-
फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक
-
गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु
-
....अनि मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान बन्द