हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
सोमबार, ०३ मङ्सिर २०८१, ०७ : ३६

ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् ।
आरक्षणलाई लिएर आफ्नो सरकारको विरोध भएपछि शेख हसिना बंगलादेशबाट भागेर भारत आएकी थिइन् । त्यसपछि युनुसले अगस्त ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्।
हालै बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले प्रायः राजनीतिक बयान दिने गरेको आरोप लगाएका थिए । हसनले बंगलादेशले भारतमा बस्दै आएकी शेख हसिनाले राजनीतिक बयान गर्ने पक्षमा नभएको भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराएको पनि बताएका थिए ।
शेख हसिना भारतमा बसेको सय दिनभन्दा बढी भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग