बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आयरल्याण्डमाथि इंग्ल्याण्डको गोलवर्षा

सोमबार, ०३ मङ्सिर २०८१, ०६ : २४
सोमबार, ०३ मङ्सिर २०८१

वेम्बले । इंग्ल्याण्डले रिपब्लिक अफ आयरल्याण्डमाथि गोल वर्षा गर्दै यूईएफए नेसन्स लिगको शीर्ष टायरमा फर्किएको छ । आइतबार राति भएको खेलमा इंग्ल्याण्ड ५-० गोलले विजयी बनेको हो ।

यो अन्तरिम म्यानेजर ली कार्स्लेको नेतृत्वमा इंग्ल्याण्डको अन्तिम खेल पनि थियो । कार्स्लेले अब टोलीको नेतृत्व थोमस टुकललाई हस्तान्तरण गर्ने छन् ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि इंग्ल्याण्डले दोस्रो हाफमा गोलको वर्षा गर्‍यो । ५१ औँ मिनेटमा लियाम स्केल्सले जुड बेलिङह्यामलाई फल हान्दै दोस्रो पहेँलो कार्ड पाएपछि आयरल्याण्ड १० खेलाडीमा सीमित बन्यो ।  

यसको फाइदा उठाउँदै कप्तान ह्यारी केनले ५५ औँ मिनेटमा पेनाल्टीबाट टोलीलाई अग्रता दिलाए । त्यसपछि आयरल्याण्ड सम्हालिनै सकेन । २ मिनेटपछि नै एन्थोनी गोर्डनले टोलीको अग्रता दोब्बर बनाए ।

५८ औँ मिनेटमा कोनर ग्यालागरले तेस्रो गोल थपे । ७५ औँ मिनेटमा जेरड बोवेनले सिनियर टोलीका लागि पहिलो गोल गरे । ४ मिनेटपछि टेलर हरवुड बेलिसले डेब्यूमा नै गोल गर्दै टोलीलाई शानदार जित दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप