सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सोमबार, ०३ मङ्सिर २०८१, ०५ : ४८
सोमबार, ०३ मङ्सिर २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार,  अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । 

यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ । 

केन्द्रीय बैंकले स्वीस फ्याङ्क एकको खरिद दर एक सय ५१ रुपैयाँ ७३ पैसा, बिक्री दर एक सय ५२ रुपैयाँ ४० पैसा, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ । 

क्यानेडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर एक सय रुपैयाँ ३५ पैसा, बिक्री दर एक सय रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ । यस्तै, जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७३ पैसा, बिक्री दर आठ रुपैयाँ ७७ पैसा तय भएको छ । 

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ । 

यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्री दर तीन रुपैयाँ ८९ पैसा, यूएई दिराम एक को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्री दर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । 

मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ । 

स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ २७ पैसा, बिक्री दर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ । 

यस्तै, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ एक पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर तीन सय ५९ रुपैयाँ छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.74 135.34
EUR  (European Euro) 1 142.04 142.67
GBP  (UK Pound Sterling) 1 170.04 170.80
CHF  (Swiss Franc) 1 151.73 152.40
AUD  (Australian Dollar) 1 87.07 87.46
CAD  (Canadian Dollar) 1 95.62 96.05
SGD  (Singapore Dollar) 1 100.35 100.79
JPY  (Japanese Yen) 10 8.73 8.77
CNY  (Chinese Yuan) 1 18.63 18.71
SAR  (Saudi Arabian Riyal) 1 35.91 36.07
QAR  (Qatari Riyal) 1 36.96 37.13
THB  (Thai Baht) 1 3.87 3.89
AED  (UAE Dirham) 1 36.68 36.85
MYR  (Malaysian Ringgit) 1 30.14 30.27
KRW  (South Korean Won) 100 9.65 9.70
SEK  (Swedish Kroner) 1 12.27 12.33
DKK  (Danish Kroner) 1 19.04 19.13
HKD  (Hong Kong Dollar) 1 17.31 17.38
KWD  (Kuwaity Dinar) 1 438.01 439.96
BHD  (Bahrain Dinar) 1 357.47 359.06

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप