जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा

काठमाडौँ । सोमबारदेखि तीनदिने एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा हुने भएको छ । पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधि लगायतका विशिष्टीकृत विषयमा परामर्श गर्न सम्मेलन आयोजना गर्न लागिएको आयोजक सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स (स्काएफ) नेपालले जनाएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्काएफ अध्यक्ष ठाकुरप्रसाद शर्माले सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २० भन्दा बढी देशका पाँच सयभन्दा धेरै प्रतिनिधिले भाग लिने जानकारी दिए । यसअघि सन् २००९ मा नेपालले । यस्तै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको उनले बताए ।
सम्मेलनमा सातवटा अलग अलग विषयमा कार्यपत्र प्रस्तुतिसहित समूहगत छलफल हुने जनाइएको छ । तीन दिनसम्म चल्ने कार्यक्रमको सारांश प्रतिवेदन सरकारलाई समेत बुझाइने जनाइएको छ । सम्मेलनलाई विश्वभरिका सम्पूर्ण परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था फिडिकका अध्यक्ष क्याथरिन काराकात्सानीसले पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै
-
‘होस्टेल ३’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
किन हुन्छ पाइल्स, उपचार के ?
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?