विदेशी सम्बन्धन प्राप्त कलेजलाई नियमन गर्न बनेको निर्देशिका संशोधनको गृहकार्य अगाडि बढाउने
आइतबार, ०२ मङ्सिर २०८१, २१ : २७

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ माथि संशोधन गर्ने भएको छ ।
आइतबार बसेको उच्चस्तरीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले निर्देशिका संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैठकले विज्ञ उपसमितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । बैठकको निर्णयपछि मन्त्रालयले प्रतिपादन सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका प्राडा विनिल अर्याल नेतृत्वको विज्ञ उपसमितिले विदेशी सम्बन्धन प्राप्त कलेजहरूको नियमन गर्न सुझाव दिएको थियो । साथै निर्देशिका संशोधन गर्न समेत सुझाव दिएको थियो । सोही आधारमा मन्त्रालयले संशोधनको गृहकार्य अगाडि बढाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
तस्बिरमा हेर्नुहोस् सिन्दूर खेलेर मनाइने सुथसिया जात्राको रौनक
सरकारको कामले गति लिन सकेन: महामन्त्री थापा
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ