कुमार रम्तेललाई प्रहरीले काठमाडौँ ल्यायो, बयान गरिँदै

काठमाडौँ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई प्रहरीले काठमाडौँ ल्याएको छ । सूर्यदर्शन सहकारीको कोषाध्यक्ष रम्तेल बचतकर्ताको रकम अपचलनमा संलग्न आरोपमा जिल्ला कारागार कास्कीमा थुनामा थिए ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान गर्न उनलाई काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
रम्तेल जीबी राईको आर्थिक हेर्ने मुख्य व्यक्ति हुन । उनी गोरखा मिडिया नेटवर्कमा पनि सेयर होल्डर थिए । कार्तिक २८ मा काठमाडौँ ल्याएर प्रहरीले उनीसँग बयान लिइरहेको छ ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएका हुन् ।
लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले कमल लामा र सुनिता नेवालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित करिब दुई दर्जनविरुद्ध पक्राउ पुर्जी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ सदस्यीय जुडो टोली मङ्गलबार राति थाइल्यान्ड जाने
-
विद्यालयको चाबी लिएर काठमाडाैँ आउन कर्मचारीलाई निर्देशन
-
शिक्षकबिनै सम्भव छ कक्षा १२ को परीक्षा ?
-
११ सदस्यीय जुडो टोली मंगलबार राति थाइल्यान्ड जाने
-
क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको तयारी : कप्तान पौडेलसहित ऐरीको टोलीबिच आन्तरिक प्रतियोगिता
-
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा ६ जनालाई योद्धा सम्मान प्रदान